Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दलहरु आन्तरिक छलफलमा

Author Avatar साझा न्यूज 2nd February 2023 , 9:12 AM
गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दलहरु आन्तरिक छलफलमा

फाइल तस्बिर

काठमाण्डाै – गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेद मत्थर पार्न सत्ता साझेदार प्रमुख दलहरुले  छलफललाई तीव्रता दिएका छन् । गृह मन्त्रालयको विवादकै कारण सत्ता गठबन्धन भत्किन सक्ने जोखिम बढेपछि विवाद समाधानका लागि छलफललाई तीव्रता दिइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै भेट गर्नुभएको थियो । यसबारे आज पनि सत्तारुढ दलहरुबीच आन्तरिक छलफलको तयारी छ । माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैँले राख्ने तयारी गरेपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि गृह मन्त्रालय रिक्त छ । पद मुक्त भएका लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइसक्नुभएको छ । उहाँले आफूहरुले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

गृह मन्त्रालयमा फर्कनको लागि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर भेट गरिरहनुभएको छ । तर सर्वोच्च अदालतबाट पूर्ण फैसला नआउँदासम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ ।

एमालेले भने सहमति अनुसार लामिछानेकै राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्नेमा जोड दिँदै आएको छ । राप्रपा पनि सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनु पर्ने पक्षमा छ । गृह मन्त्रालयबारे विवाद बढिरहँदा राष्ट्रपतिको उम्मेदवारको विषयमा पनि सत्तारुढ दलहरुभित्र सहमति भइसकेको छैन ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । तर नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने बताए पछि एमाले थप सशङ्कित भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आउँदो फागुन २५ गतेको मिति तोकेको छ । तर, मिति तोकिसक्दा पनि सत्तारुढ दलहरुबीच उम्मेदवारका विषयमा सहमति बन्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज