Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सवा ६ लाखलाई औषधी खुवाईने, निवारणका लागि साझा प्रयास आवश्यक

Author Avatar साझा न्यूज 2nd February 2023 , 4:39 PM
फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

कपिलवस्तुमा हात्तीपाईले निवारणका लागि फागुन ११ गते देखि महाअभियान संचालन गर्ने भएको छ। विगत १४ बर्ष देखि अभियान संचालन हुँदै आएको सो अभियानबाट समेत हात्तीपाईले निवारण नभएपछि यस बर्ष फेरि १५ औं चरणको अभियान संचालन हुन लागेको हो।  हात्तीपाईलको जीवाणु फेला पारेपछि यस बर्ष फेरि अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा आयोजना गरेको हात्तीपाईले रोगविरुद्धको अभियान सम्बन्धी जिल्ला स्तररीय योजना तर्जुमा गोष्ठीमा सो कुराको जानकारी गराइएको हो। गोष्ठीमा रोग निवारणका लागि साझा प्रयास आवश्यक रहेको निचोड निकालिएको थियो।

स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक उमेश घिमिरेले २०७८ मा  महाराजगंज र कृष्णनगर नगरपालिका गरी ६ सय ५५ जनामा गरिएको नमुना परिक्षणमा करिब साढे ८ दशमलव ३९ प्रतिशतमा हात्तीपाईलेका जीवाणु फेला परेको बताए। गत बर्ष पालिकाको तथ्यांकमा ९० प्रतिशत बढी औषधी सेवन गरको भने पनि ७८ प्रतिशले मात्र औषधी सेवन गरको अध्ययनले देखाएको घिमिरेले बताए।  उनले  यही फागुन ११ देखि पालिकाको सबै ९६ वडामा रहेको खोप केन्द्रमा आमरुपमा औषधी सेवनको अभियान संचालन गरिने बताए।

२ बर्ष माथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। विगतका बर्षहरुमा यो रोग विरुद्ध आम औषधी सेवन ( एमडिए ) संचालन गरिएकोमा गत बर्ष देखि आईडिए अभियान चलाइएकोे बताए। थपिएको आईभरमेक्टीन सहित डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी खुवाउने कार्यक्रम छ।

‘यी औषधी २ बर्ष सेवन गरे हात्तीपाईलेबाट छुटकारा पाईने छ। रोगको परजीवी जो कोहिमा पनि हुन सक्छ, त्यसैले सबैजनाले खोजी खोजी औषधीको सेवन गरौं, र जीवन भर अशक्त हुनबाट बचौ’, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख श्रीवास्तवले भने। सो अवसरमा डाक्टर शशी कर्णले अहिलेको औषधी पूर्णतय सुरक्षित रहेकोले ढुक्कसँग सेवन गर्न आग्रह गरे। ‘विगत बर्षहरुमा पोकामा औाषधी दिइएको थियो, औषधी खाईएन त्यसैले अहिले सम्म हात्तीपाईले जिल्लामा निवारण हुन सकेको छैन’ उनले भने। औषधी जनचेतनाको कमी र विभिन्न भ्रम रहेकाले यो निवारण हुन नसकेको उनले बताए। उनले ब्यक्तिको उचाईका आधारमा औषधी खुवाईने बताए। खासगरी शहरीया मान्छेहरु औाषधी सेवनमा छुटेको, ओषधीले अरु असर गर्ने हो कि भन्ने डर लगायत, श्रमरोजगारी गरी खाने मजदुरहरुलाई छ्टेका वर्गहरुलाई खोजी खोजी औषधी खुवाउने कार्यक्रम रहेको उनले बताए।

२ बर्षमुनीका, गर्भवती र ७ दिन सम्मका स्ुत्केरी, सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने डाक्टर कर्णले बताए। कपिलवस्तुमा २ सय ६३ जना हात्तीपाईले रोगी फेला परेका छन्।

अभियानमा ६ लाख बढीलाई औषधी खुवाइने  

कार्यक्रममा स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाले फागुन ११ गते देखि संचालन हुने अभियानमा २ बर्ष माथिका ६ लाख २० हजार ४९१ जनालाई उक्त औषधि खुवाउने बताए। अभियानमा ६ सय ११ जना स्वास्थयकर्मी र १ हजार ५०५ जना महिला स्वंयमसेविका परिचालन गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज