Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारीमा

Author Avatar साझा न्यूज 11th February 2023 , 7:48 AM
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारीमा

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि प्रदेश सरकारले पूर्णता पाउन थालेको हो । सत्ता साझेदार दलले मन्त्रालय बाँडफाँटको विषय करिब टुङ्गो लगाएको बताएका छन् । दलहरुले आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषय टुङ्ग्याउन बाँकी छ ।

लुम्बिनी प्रदेश सकारका प्रवक्ता तथा मन्त्री चेतनारायण आचार्यले दुई दिनभित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी छलफलमै छौँ, धेरै विषय टुङ्गिएका छन्, केही विषयमा छलफल भइरहेको छ, सबै विषयमा अन्तिम छलफल पछि एकै पटक टुङ्ग्याउने छौं ।’

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत अन्य सत्ता साझेदार दलहरुबीचमा सरकार विस्तारबारेमा छलफल भएको बताइएको छ । मन्त्रालय बाँडफाँट टुंगिए पनि मन्त्री बन्ने आकांक्षी धेरै भएकाले विस्तारमा समस्या भएको नेताहरुको बुझाइ छ ।

१० जनासम्मको मन्त्रिपरिषदमा अहिले ३ जना मन्त्री भइसक्नुभएको छ । मुख्यमन्त्री र एकजना मन्त्री एमालेबाट भएका छन् । बाँकी एक मन्त्री माओवादीबाट छन् । अब सात जना नयाँ मन्त्रीका लागि दलहरुबीचमा मन्त्रालय भागबण्डाको विषय सहमति नजिक पुगेको बताइएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारुले छलफल सकारात्मक रुपमा अघि बढेकाले दुई दिनमा सबै विषय टुङ्गिने बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रले अर्थ मन्त्रालयसहित संसदीय दलका नेता जोखबहादुर महराले सकारको नेतृत्व गर्नु हुनेछ । राप्रपा, जनमत, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउनेगरी मन्त्रालयको भागबण्डा लगाउने प्रयास भइरहेको छ ।

नगरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरुको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी रेशम चौधरीलगायतका नेतालाई न्याय नदिंदासम्म सरकारमा जाँदैनौ ।’

अहिले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको छ । जसलेगर्दा मन्त्रालय भागबण्डामा केही समस्या परेको देखियो । तर प्रदेश सरकारलाई पारदर्शी र मितव्ययी बनाउन यो निर्णयको चर्चा छ । अघिल्लो सरकारले १३ मन्त्री र चार राज्यमन्त्री गरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो ।

लीला गिरी मुख्यमन्त्री बनेपछि राज्यमन्त्री नराख्ने र मन्त्रालयको सङ्ख्या घटाएर १० बनाउने निर्णय गरेको छ । प्रदेशसभाको दश प्रतिशतभन्दा बढी मन्त्रीहरु नबनाउने गरी मन्त्रालय घटाइएको हो । लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको सङ्ख्या घटाएर १२ बनाउने निर्णय गरेको थियो । तर सङ्घीय सरकारले मुख्यमन्त्री बाहेक ९ वटा मात्रै मन्त्रालय राख्न निर्देशन दिएपछि मन्त्रालयको सङ्ख्या घटाइएको हो । पुस २७ मा सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएकोथियो । नियुक्तिको भोलिपल्ट पुस २८ मा मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज