Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सात लाख भक्तजनले गरे पशुपतिको मूल मन्दिरको दर्शन

Author Avatar साझा न्यूज 19th February 2023 , 8:49 AM
सात लाख भक्तजनले गरे पशुपतिको मूल मन्दिरको दर्शन

?????????????? ?????? ?????? ?????????? ????????? ?????? ??????? ????? ????? ????? ? ??????? ??????? ?????, ????

काठमाण्डाै – महाशिवरात्रिका अवसरमा हिजो सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका  अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका थिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो ।  दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए । तर, पशुपति क्षेत्र विकास कोषले भने हिजो लाइन व्यवस्थित भएको दाबी गरेको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले दर्शनार्थीको भिड बढ्दा लाइन लामो भएको बताउनुभयो । उहाँले दर्शनार्थीले सजिलै दर्शन गर्न पाएका दाबी गर्नु भएको छ । तर, दर्शनार्थीले हिजो दुई घण्टासम्म लाइन बस्नु परेको गुनासो गरेका थिए ।

शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको पनि अनुमान गरिएको छ । मन्दिरमा चढाइएको  भेटीको गणना आज हुनेछ ।  भक्तजनको सङ्ख्याकाे आधारमा १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको अनुमान गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति आएका साधु सन्तको बिदाइ भोलि गर्ने तयारी छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । साधुसन्तको स्तर वर्गीकरण गरेर पाँच सयदेखि आठ हजारसम्म दान दक्षिणा दिएर बिदाइ गर्ने तयारी छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई रङरोगन गरिएको थियो भने फूलमालाले सजाइएको थियो ।

यस्तै, पशुपति मन्दिर क्षेत्रको सरसफाइ आजैदेखि सुरु हुने कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज