Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

Author Avatar साझा न्यूज 21st February 2023 , 5:43 PM
तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फाइल तस्विर

तौलिहवा स्थित फलफूल व्यापारीको तीस लाख रुपैयाँ लुकाएर चोरी गरेको आरोपमा एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उनका छोरा पक्राउ परेका छन्।

तौलिहवाको बस पार्कमा रहेको स्टिल फर्निचर मर्मत केन्द्रका मालिका एस माहोम्मद फकिर र उनका छोरा ईसराज फकिर चोरीको आरोपमा पक्राउ परेका हुन्।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का फलफूलका थोका व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न गत फागुन १ गते आफ्नी श्रीमती रेशमा कुजडा मार्फत सो मर्मत केन्द्रमा दराज पठाएका थिए। केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपैयाँ नगद राख्न दिएका थिए। रेशमाले सो रकम त्यही दराजको लकरमा राखेकी थिइन। फलफूल  व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लक्कर माथि समेत साढे चार लाख रकम राखिएको थियो। जनु रकम रेशमाले निकालेर घरमै राखेकी थिई । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाईन। तर लकरमा रहको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिन।

फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा ३० लाख मर्मत गर्न भनी पठाएका दराजमै रहेको बत्ताइन्। त्यसको केही बेरमै व्यापारी सनी र उनका भाइ सहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गरे। तर फर्निचर मर्मत व्यापारी एस माहोम्मले आफूलाई त्यस बारे केही जानकारी नभएको बताए।

फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए। उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खान तलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी नायब उपरीक्षक मीन बहादुर घलले बताए।

फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन्। एस मोहम्मद फकिर र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक घलले बताए। दुवैमाथि चोरीको मुद्दा लगाइएको छ।

फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबिच आपसी मित्रता समेत रहेको थियो। मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखे पछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए। उनका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए।

त्यस पछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए। मिस्त्रीलाई एक हप्ताको छुट्टी समेत दिएका थिए। फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका व्यापारी दुवैको बोलाउने नाम गुड्डु हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज