Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचीन पुरातात्त्विक स्थलको हब सिसहनिया कोट

Author Avatar साझा न्यूज 25th February 2023 , 11:15 AM
प्राचीन पुरातात्त्विक स्थलको हब सिसहनिया कोट

कपिलवस्तु, फागुन १३ गते । कपिलवस्तुको पूर्व ( दक्षिणमा रहेको प्राचीन स्थल सिसहिनया कोट । मायादेवी गाउँपालिका वडा नं ५ मा अवस्थित ठुलो सिसहनियामा  ५२ बिगाहा क्षेत्रफलमा फैलिएको एउटा ठुलो कोट र २ वटा साना कोट रहेका छन् ।

यस स्थललाई महत्त्वपूर्ण पुरातात्त्विक ढिस्कोको रूपमा चिनिन्छ । पहिला यस स्थलमा बिहारहरू पनि रहेको अनुमान गरिएको छ । त्यहाँका भग्नावशेष हेर्दा यो स्थल प्राचीन रहेको पुष्टि समेत गर्दछ । यहाँ उत्खनन नभएता पनि ठुलो सिसनिया क्षेत्रलाई प्राचीन स्थल मानिएको छ।

सन् १९९३–०९४  मा नेपाल र इटालीका पुरातत्वविद्हरुले यस स्थलको अध्ययन समेत गरेका थिए। तर हालसम्म यस स्थलको उत्खनन तथा अन्वेषण हुन सकेको छैन। प्राचीन कपिलवस्तु राज्यको एउटा महत्त्वपूर्ण सहरको रूपमा यो स्थल रहेको अनुमान समेत गरिएको छ।

स्थानीयवासी पूर्वजहरूको भनाई अनुसार यो स्थलमा पहिला घनघोर जङ्गल समेत रहेको थियो भनेर अहिलेका पुस्ताहरू बत्ताउँछन्। यही प्राचीन स्थलको एक किनारमा समय माईको मन्दिर बनाइएको छ। यस मन्दिरका पुजारीका अनुसार यो मन्दिर ७ वर्ष अगाडी निर्माण गरिएको भनेर बताउँछन्।

जब यही कोटको एक किनारमा नेपाल सरकार पुरातत्त्व विभागको सूचना पाटीमा प्रस्ट उल्लेख गरिएको छ कि यस प्राचीन स्मारकलाई नष्ट गरे, भत्काए, हटाए, परिवर्तन, अनधिकृत कार्यमा लगाए वा अन्य किसिमका हानी नोक्सानी पुराएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पांचौ संशोधन  को दफा १२) उपदफा क,ख र ग अनुसार पच्चीस हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने उल्लेख गरिएको छ।

तर प्राचीन कपिलवस्तु जिल्लाको अधिकांश स्थल जहाँ पुरातत्त्व विभागको बोर्ड राखिएको छ त्यही स्थलमा पुरातत्त्व विभागको नियम विपरीत निर्माण कार्य, विभिन्न किसिमका मठ मन्दिर आदी बनेको प्रस्ट देखिन सकिन्छ।

यस ठुलो सिसहनिया स्थलको उत्खनन तथा अन्वेषण गरिएमा यो स्थल कपिलवस्तु जिल्लाको थप पर्यटकीय स्थल बन्ने बढी सम्भावना समेत रहेको छ। हाल यस प्राचीन स्थलमा स्थानीय युवाहरूको लागि क्रिडास्थल बनेको छ, गौ चरण आदी बनेका छन्। जसले गर्दा यस स्थलको प्राचीन भग्नावशेषमा प्रत्यक्ष रूपमा ठुलो प्रभाव परेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

तीन हजार बढी सवारीसाधन कारबाहीमा

तीन हजार बढी सवारीसाधन कारबाहीमा

भर्खरै प्रकाशित

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज