Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेनी-गलेश्वर सडक मार्ग खुलेकाे दुई दशकपछि कालोपत्रे हुँदै

Author Avatar साझा न्यूज 21st March 2023 , 3:00 PM
बेनी-गलेश्वर सडक मार्ग खुलेकाे दुई दशकपछि कालोपत्रे हुँदै

म्याग्दी, चैत ७ गते । सडकको ट्रयाक खुलेको करिब दुई दशकपछि सडक कालोपत्रेको तयारी गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीदेखि गलेश्वर खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न लागिएको हो ।

सडक कालोपत्रे योजना अघि बढेसँगै लामो समय साँघुरो सडक, हिलो र धुलोबाट यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । उक्त सडकलाई कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत समावेश भएपछि कालोपत्रे योजना अघि बढेको हो ।

करिब तीन किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे योजना गत माघ महिनादेखि थालिएको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत स्तरोन्नतिका लागि जय धन्नजय-मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीसँग सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नेगरी १२ करोड २५ लाख ९४ हजार चार सय ३६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता लगत्तै योजना स्थलमा तीन वटा एक्साभेटर, निर्माणमा प्रयोग हुने अन्य उपकरण र करिब एक सय ५० जना मजदुर परिचालन गरेर धमाधम सडक निर्माण थालिएको छ । सडक फराकिलो पार्न कटिङ, मेशनरी वाल निर्माण र ग्याबियन झाली लगाउनेलगायतका स्ट्रक्चरका कामहरु धमाधम भइरहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाको अवधिमा करिब २० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, कल्भर्ट निर्माण, दुई सय मिटर आरसीसी ढलानसहित कालोपत्रे गर्ने योजना रहेको आयोजनाका प्रमुख प्रजापतिले बताउनुभयो । असार अगावै योजनामा करिब ८० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । उहाँका अनुसार असारभित्र कालोपत्रे बाहेकको सम्पूर्ण काम सक्ने र बर्खा सकिएपछि कालोपत्रे गर्ने लक्ष्य छ ।

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्काको सम्झौता मितिभन्दा एक वर्ष अगावै योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । सडक निर्माणलाई अवरोध नहोस् भनेर दिनमा साढे ६ घण्टा यातायातका साधन बन्द गरेर निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना भएकाले हामीले छिटो निर्माण सम्पन्न गर्न ध्यान दिएका छौं, उहाँले भन्नुभयो ‘हाम्रो क्षमता अनुसार उपकरण र मजदुर परिचालन गरेर सडक निर्माण गरिरहेका छौं । जहाँ सम्म ठेक्का अवधिभन्दा पहिला नै सम्पन्न गर्नेमा विश्वस्त छौं ।’

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन,निरीक्षण र समन्वय गर्नेे कार्यलाई प्रभावकारी बनाएको आयोजनाले जनाएको छ ।

सडक योजना सम्पन्न भएपछि मुस्ताङ जाने पर्यटकका साथै रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका सर्वसाधारणलाई आवतजावत गर्न सहज हुनेछ । प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम र मुक्तिनाथ जाने मुख्य सडक जीर्ण हुँदा  सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज