काठमाडाैँ, चैत १२ गते । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गर्नुभयो ।
उहाँले समाजमा प्राविधिक गतिविधिहरूमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताउनुभयो ।
सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताउनु भयो । उहाँले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यकता रहेको बताउनु भयो ।
















































