Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सवारीको सट्टा आवागमन शब्द प्रयोग गर्न राष्ट्रपतिको आग्रह

Author Avatar साझा न्यूज 26th March 2023 , 3:20 PM
सवारीको सट्टा आवागमन शब्द प्रयोग गर्न राष्ट्रपतिको आग्रह

चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सवारीको सट्टा भ्रमण शब्द प्रयोग गर्नु राम्रो हुने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शनका लागि आउनु भएका उहाँले यस्तो बताउनुभएको हो ।

‘‘सवारी शब्द अन्य गाडी वा यातायातका सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा यसलाई प्रयोग नगरौँ, बरु ‘आवागमन’ शब्द प्रयोग गरे हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘कुनै ठेट नेपाली शब्द प्रयोग गरे हुन्छ, यो अरबी, फारसी शब्द हो ।’’

सवारी शब्दले सामान्तवादको प्रतीक जस्तो रूप लिएको हुनाले यसको सट्टा भन्दा सरल शब्द प्रयोग होस् भन्ने आफूले चाहेको उहाँले बताउनुभयो । सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपति भूमिका र जिम्मेवारी बारे आफू जानकार रहेको बताउनुभयो । सोही अनुरूप कार्य गर्ने उहाँको भनाई छ ।

‘‘अहिले देशमा गणतन्त्र आएको छ । मैले चुनावका बेला गणतन्त्रको राष्ट्राध्यक्ष र राजतन्त्रको राष्ट्राध्यक्षमा के फरक हुन्छ म हेक्का राख्छु भनेको थिए,’’ उहाँले भन्नुभयो, ‘‘सोही अनुरूप मेरो कर्तव्य र जिम्मेवारी प्रति सचेत छु ।’’

हेलिकोप्टर मार्फत बिहान ९ः३० बजे गोरखाको ऐतिहासिक गोरखा दरबार आइपुग्नु भएका उहाँले गोरखकाली मन्दिर र गोरखनाथ गुफामा गरी झण्डै ४५ मिनेट पूजाआजा गर्नु भएको थियो ।

त्यसपछि गोरखाको ठूलो आँगन र गोरखा संग्रालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको थियो । ऐतिहासिक गोरखा सङ्ग्रहालयको अवलोकन गर्नुका साथै उहाँले त्यहाँ उपस्थित शुभेच्छुक र सर्वसाधारणलाई सम्बोधन समेत गर्नु भएको थियो ।

‘‘म नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि काठमाडौँ बाहिरको यो पहिलो भ्रमण हो, धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको यस गोरखा जिल्लामा भ्रमण गर्न पाउँदा म हर्षित छु,’’ उहाँले भन्नुभयो, ‘‘यस अवसरमा महत्त्वपूर्ण धार्मिक स्थल गोरखकाली भगवती र गोरखानाथको दर्शन र महत्त्वपूर्ण ऐतिहासिक गोरखा सङ्ग्रहालयको भ्रमण गर्न पाउँदा धेरै खुसी लागेको छ ।’’

वर्तमान नेपाल निर्माणका पृथ्वीनारायण शाह, बिस्से नगर्जी, रामशाह जस्ता वीरको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उहाँहरूको योगदानको चर्चा समेत गर्नु भयो । गोरखा ऐतिहासिक, धार्मिक र पर्यटकीय जिल्ला रहेकोले यसेको विकासमा पनि जोड दिन उहाँले सरकारलाई आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज