Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ स्थलगत निरीक्षण

Author Avatar साझा न्यूज 26th March 2023 , 4:01 PM
देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ स्थलगत निरीक्षण

कावासोती, चैत १२ गते । पूर्वी नवलपरासीको देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनौटका लागि स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मन्त्रालयका विज्ञ, मन्त्रालय तथा विभागका अधिकारी–कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारिस भएका चार वटा क्षेत्रको अवलोकन भएको हो ।

देवचुली नगरपालिकाको वडा नं. १७ स्थित झराही खोला किनार, वडा नं. १६ को मुकुण्डे खोला किनार, वडा नं. १३ को बौलाहा खोला किनार र वडा नं. १५ र १० को लोकाहा खोला किनारका सामुदायिक बन तथा ऐलानी जग्गा टोलीले अध्ययन अवलोकन गरेको हो  ।

नवलपुर जिल्लाको मध्य भाग तथा सहजताका हिसाबले ट्रमा सेन्टर निर्माणका लागि जिल्लाको अन्यत्र ठाउँ पनि उपयुक्त रहेको भए पनि मन्त्रिपरिषद्को निर्णयअनुसार देवचुलीमा निर्माण गर्ने भनिएकाले ट्रमा सेन्टर छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको भनाइ छ । हाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयको अस्पताल व्यवस्थापनसम्बन्धी केही मापदण्ड र आधारहरु, प्राविधिक हिसाबले सहरी विकास मन्त्रालयका पनि केही आधार र मापदण्डहरु साथै जग्गा प्राप्तिका केही अनुशासन र नियमहरु हुन् ।’

नेपाल सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रममा देवचुलीमा ट्रमा सेन्टरको स्थापना गर्ने भन्ने नीतिगत व्यवस्था भएअनुसार बजेट विनियोजन भएकाले प्रारम्भिक प्रक्रिया बमोजिम नगरपालिकाले सिफारिस गरी पठाएका सम्भावित सबै स्थानबाट एक उपयुक्त ठाउँ छनौटका लागि विषयगत क्षेत्रबाट अनुगमन–निरीक्षण गराइएको देवचुली नगरप्रमुख हरि न्यौपानेले बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका उप–सचिव एवं योजना महाशाखाका प्रमुख लिला पौडेल, सहरी विकास मन्त्रालय अन्तर्गत भवन विभागको स्वास्थ्य महाशाखा प्रमुख परिक्षित कडरिया, भवन विभाग भरतपुर महाशाखा कार्यान्वयन ईकाइ प्रमुख प्रकाश अर्याल, भवन विभागका इन्जिनियर सनिन कर्माचार्यको अध्ययन टोलीले स्थलगत अवलोकन गरेको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो  ।

वडा नं. १७ को भराहीखोला पुल नजिकैको करिव ४५ विगाहा ऐलानी जग्गा, वडा नं. १६ को कुवज्योति आधारभूत विद्यालयको स्वामित्वमा रहेको मुकुुण्डे खोला किनारको करिव डेढ विगाहा जग्गा, वडा नं. १३ को बौलाहा खोला किनारमा मुख्यमार्गको उत्तर र दक्षिण दुवै तर्फको करिव नौ विगाहा क्षेत्रफलको जग्गा र लोकाहामा पनि खोला किनारकै सामुदायिक बन क्षेत्रको करिव ४ विगाहा क्षेत्रफलको जग्गा हुन् ।

यीमध्ये लोकाहा क्षेत्र प्रदेशको गौरवको योजना अन्तर्गत औद्योगिक ग्रामका लागि समेत सिफारिस भएर जग्गा नापजाँच भइसकेको छ । अवलोकन भएका जमिन सबै मुख्यमार्गसँगै जोडिएको राजमार्ग नजिककै जमिन हुन् ।

बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिने भएपछि देवचुलीवासीमा खुसी छाएको छ । ट्रमा सेन्टर निर्माणपछि देवचुलीवासी मात्रै नभई सम्पूर्ण नवलपुरवासी लाभान्वित हुने सरोकारवालाहरुको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज