Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास उपचार सुरु

Author Avatar साझा न्यूज 27th March 2023 , 11:52 AM
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास उपचार सुरु
तनहुँ, चैत्र १३ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गरिएको छ । स्थापना भएदेखि जनरल मेडिसिनलगायतका सेवा प्रदान गर्दै आइरहेको उक्त केन्द्रले १२ वर्षपछि श्वासप्रश्वास विशेषज्ञ डा। शैलेश गुरुङको नेतृत्वमा सेवा सुरु गरिएको हो ।
सेवा सञ्चालनमा आएपछि तनहुँका अतिरिक्त सिमाना जोडिएका कास्की, स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ । सरकारी अस्पतालमा गण्डकी प्रदेशमै श्वासप्रश्वास सम्बन्धी पहिलो पटक सेवा सुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 
५० बेड सामान्य अस्पताल सञ्चालन गरिएको भए पनि उद्देश्यबमोजिम नै फोक्सो खराबी लगायतले गर्दा हुने श्वासप्रश्वासको विशेषज्ञ सेवा सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो । ‘‘श्वास प्रश्वासको एक जना विशेषज्ञ चिकित्सक र दुई मेडिसिन चिकित्सकद्वारा गरी तीन चिकित्सकबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा श्वासप्रश्वास सम्बन्धी रोगमा क्षयरोग, निमोनिया, दम, फोक्सोको क्यान्सर सम्बन्धी रोगहरू दिनप्रतिदिन बढ्दै गएको र हाललाई श्वासप्रश्वास सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै हालै सेवा सुरुवात गरिएको केन्द्रले जनाएको छ । पूर्व प्रधानमन्त्री कोइरालाको फोक्सोको क्यान्सरबाट निधन भएकोमा आगामी दिनमा यस्तो समस्याबाट जनताले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थापित यस उपचार केन्द्रलाई दक्षिण एसियाको अन्तर्राष्ट्रिय स्तरमा श्वासप्रश्वास उपचार केन्द्र बनाइने लक्ष्य रहेको सञ्चालक सदस्य शेषमणि आचार्यले बताउनुभयो ।
श्वासप्रश्वास विशेषज्ञ डाक्टर शैलेश  गुरुङले श्वासप्रश्वास सेवा सुरु गरेपछि हाललाई फोक्सो सम्बन्धी समस्या भएका  बिरामीहरूको पूर्ण रूपमा उपचार पाउने बताउँदै आगामी दिनमा चाहिने विभिन्न उपकरणहरू थप गरी सेवालाई थप विस्तार गरिने बताउनुभयो ।
 विशेषज्ञ चिकित्सकद्वारा पिएफटि सेवा मेसिनद्वारा फोक्सो जाँच० गर्ने सुविधा बिरामी पाउने छन् । कोभिडको सङ्क्रमणको समयमा लागि बनाइएको भवनमा सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले स्व। गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष सक्रियतामा २०६७ मा नेपाल सरकारले श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी वि।सं। २०७३ साउन १ गते देखि औपचारिकरूपमा  श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
निर्देशक श्रेष्ठका अनुसार केन्द्रबाट श्वासप्रश्वास सम्बन्धी ओपिडी सेवा, जनरल ओपिडी, हाडजोर्नी तथा नशा सम्बन्धी विशेषज्ञ सेवा, आइसियु सेवा, आकस्मिक सेवा प्रदान गरिन्छ । यसैगरी, अन्तरङ्ग सेवा, डिजिटल एकसरे, इसिजी सेवा, बाल रोग सम्बन्धी विशेषज्ञ सेवा, जनरल सर्जन सम्बन्धी विशेषज्ञ सेवा, इन्टरनल मेडिसिन सम्बन्धी विशेषज्ञ लगायतको सेवा प्रदान गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज