Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मानव अधिकार हननका घटनामा कमी आएन : एम्नेष्टी इन्टरनेशनल

Author Avatar साझा न्यूज 28th March 2023 , 4:39 PM
मानव अधिकार हननका घटनामा कमी आएन : एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, चैत १४ गते। एम्नेष्टी इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको बताएको छ। एम्नेष्टी इनटरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निष्कर्ष सार्वजनिक गरेको हो।

मंगलबार विश्वभर एकसाथ निष्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एशिया प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश, इण्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड लगायतका देशमा स्वतन्त्रता माग गर्नेमाथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने, लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको तथ्य सार्वजनिक गरेको हो।

नेपाल लगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्याधिक बल गर्ने तथा घातक बल प्रयोग भएको बताएको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताउनुभयो।

मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा विकशित र ठूला भनिएका देशले मानवअधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको सार्वजनिक गरिएको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशले विषय अनुसार फरकफरक धारण बनाएको र त्यसै अनुसार व्यवहार गरेर मानवअधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताउनुभयो।

एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा मुख्यगरी विश्वभर असहमतिको निर्मम दमन भइरहेको, राज्यले अधिकार संरक्षण नगर्दा महिला मारमा परेको मानवताका निम्ति रहेका खतरा विरुद्धको विश्वव्यापी कारबाही खेदजनक रहेको भन्न अपर्याप्त रहेको बताएको छ।

प्रतिवेदनले विभिन्न देशले मानवअधिकार रक्षाको सवालमा निर्लज्ज भएर दोहोरो मापदण्ड स्थापित गदै गएको बताएको छ। नेपालको विषयमा प्रतिवेदनमा हास्य कलाकारको प्रस्तुतिमा  सरकारले दोहोरो मापदण्ड बनाएको, मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरी लगाएर निर्ममतापूर्वक दमन गरेको उल्लेख छ।

त्यस्तै प्रतिवेदनमा नागरिकता प्राप्ती गर्ने समान अधिकारबाट वञ्चित गरेको पनि उल्लेख गरेको छ। एम्नष्टी इन्टरनेशनलले मार्च २८ का दिन विश्वभर एकसाथ मानवअधिकार सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

भर्खरै प्रकाशित

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज