Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आन्दोलनले नागरिकको सेवा प्रभावित

Author Avatar साझा न्यूज 31st March 2023 , 4:42 PM
आन्दोलनले नागरिकको सेवा प्रभावित

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङका स्थानीय तहमा प्रवाह हुने सेवा चार दिनयता निरन्तर प्रभावित हुँदैआएको छ । कोशी पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले गरेको तालाबन्दीसहितको आन्दोलनका कारण स्थानीय तहका सेवा प्रभावित हुँदैआएको हो ।

कोशी नामकरणपछि सुरु भएको पहिचानवादी आन्दोलनको प्रभाव हाल ताप्लेजुङसहित प्रदेशभरी रहेको छ । यसैक्रममा कोशी नामकरणविरुद्धको आन्दोलनलाई सहयोग गर्न भन्दै सङ्घर्ष समितिले जिल्लाका स्थानीय तहका कार्यालयमा तालाबन्दी र कालो झण्डा राखेपछि गएको मङ्गलबारदेखि सेवा प्रभावित भएको छ ।

सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौ वटै स्थानीय तहले प्रवाह गर्ने सेवा प्रभावित भएको पाइएको छ । स्थानीय तहअन्तर्गत सबै पालिका कार्यालय र ६१ वटै वडा कार्यालयमा सङ्घर्ष समितिले तालाबन्दी गरेयता अर्थात् चार दिनदेखि सेवा प्रभावित हुँदैआएको बताइएको छ । पालिका र वडा कार्यालयले प्रदान गर्ने सेवा प्रभावित हुँदा सर्वसाधारण सेवाग्राही भने मारमा परेका छन् ।

पहिचानवादी आन्दोलनरत पक्षले पालिका र वडा कार्यालयमा लगाएको तालाबन्दी प्रहरीसहित सुरक्षा संयन्त्रले अधिकांशमा खुलाए पनि सेवा प्रभावित नै भएको छ । प्रहरीले ताला तोडे पनि स्थानीय तहले कार्यालयको मुख्य ढोका र कार्यालय प्रवेशद्वार बन्द नै रहेका छन् । कतिपय स्थानीय तहका वडा कार्यालयमा लगाएको ताल्चा अहिलेसम्म खुलाइएको छैन । चार दिनसम्म पनि ताला नखुलाइएका वडाहरुको सेवा पूर्णरुपमा प्रभावित भएको स्थानीयले बताएका छन् ।

मुख्य ढोका बन्द गरे पनि अन्य ढोका खोलेर प्रवेशद्वारको प्रयोग गरी कार्यालय खुलाएर सेवा भने प्रवाह गर्दैआएको स्थानीय तहले जनाएका छन् । सदरमुकाम भित्रकै फङ्लिङ नगरपालिकाले पनि मुख्य ढोका बन्द राखेर कार्यालय सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका एक कर्मचारीका अनुसार मुख्य ढोका बन्द गरे पनि भित्रबाट सेवा प्रवाह गर्दैआएको बताउनुभयो । आन्दोलनकारीले गरेको तालाबन्दीको सूचनापछि सेवाग्राही नै नआएका उहाँको भनाइ छ ।

यस्तै, मैवाखोला गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले पहिलेजस्तो सेवाग्राही नआउने गरेको बताउनुभयो । सेवा लिन आएका सेवाग्राहीलाई भने सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । सिरिजङ्घा गाउँपालिकाले पनि आंशिक मात्र सेवा प्रवाह भइरहेको जनाएको छ । यसरी पहिचानवादीको तालाबन्दीसहितको आन्दोलनका कारण जिल्ला स्थानीय तहबाट आंशिक मात्र सेवा प्रवाह भइरहेको पाइएको छ ।

कोशी प्रदेशमा प्रदेशको नामकरणलगत्तै नाम खारेज गर्नुपर्ने, पहिचानवादीहरुको सहमतिमा प्रदेशको पुनः नामकरण गरी ‘किराँत लिम्बुवान’ राख्नुपर्नेलगायत माग राखेर सङ्घर्ष समितिको नेतृत्वमा प्रदर्शन, चक्का जाम, तालाबन्दीसहित निरन्तर आन्दोलन चर्किरहेको छ । संयुक्त सङ्घर्ष समितिमा आदिवासी जनजातिजन्य जातीय संस्था, केही क्षेत्रीयस्तरका राजनीतिक सङ्गठनलगायत सहभागी छन् । कोशी नामकरणविरुद्ध पहिचानवादी आन्दोलनकै क्रममा पदम लिम्बू (लाजेहाङ) को मृत्युसमेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

भर्खरै प्रकाशित

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज