काठमाडौँ । बागलुङमा ट्रयाक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्रयाक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका-३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्रयाक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । ट्रयाक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्रयाक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मृत्यु भएको खड्काले बताए ।