Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशमै पहिलो पटक नागरिक सेवा प्रवाह केन्द्र

Author Avatar साझा न्यूज 5th April 2023 , 7:09 PM
लुम्बिनी प्रदेशमै पहिलो पटक नागरिक सेवा प्रवाह केन्द्र

संजय मल्ल
चन्द्रौटा । लुम्बिनी प्रदेशमै पहिलो पटक कपिलवस्तुको शिवराजन नगरपालिकाले नागरिक सेवा प्रवाह केन्द्र संचालन गरेको छ।

नगरवासीलाई छिटो छरितो र एकद्वारा प्रणालीबाट सेवा दिन केन्द्र संचालनमा ल्याइएको हो। नगरपालिकाले आम नागरिकको सहजताका लागि सेवा प्रवाह केन्द्र संचालन गरेको जनाइएको छ। यस अघि यो सेवा मुलुकका अन्य ४ पालिकाले मात्र संचालन गर्दै आएको छ।

शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले नगरवासीहरूसँग गरेको प्रतिबद्धता अनुसार जनतालाई प्रभावकारी सेवा दिन केन्द्र संचालनमा ल्याइएको बताए।

‘जनतालाई फाइल लिएर फाट फाटमा दर्गुनु पर्ने बाध्यताबाट मुक्त गराउन केन्द्र संचालनमा ल्याएका हौ’ उनले भने। यो सेवा संचालन गर्नु अघि नगरपालिकामा एक महिना सम्म यस बारे परीक्षण गरी हेरेको उनले बताए।

प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकारी प्रसाद यादवले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन। सो अवसरमा उनले शिवराजन नगरपालिकाले नमुना र उदाहरणीय काम गरेको बताए। उनले जनतालाई लक्षित गरी ल्याइएको यो सेवालाई सहीढंगले संचालन गर्न आग्रह गरे। ‘यो सेवालाई प्रभावकारीरुपमा संचालन गर्न जरुरी छ’ उनले भने।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले एकै ठाउँमा बसेर सेवाग्राहीलाई सेवा दिन केन्द्र संचालन गरिएको बताए। नगरपालिकामा आउने सेवाग्राहीले कामको प्रकृति अनुसार केन्द्रमा फाइल वा निवेदन पेस गर्नु पर्ने हुन्छ। त्यही केन्द्रबाटै फाइल कार्यालयकै कर्मचारीले सम्बन्धित फाटमा पुर्याउछन। सेवा पछि कर्मचारीले नै आवश्यक कागजात सेवाग्राहीलाई दिन्छन्। प्राविधिक, न्यायिक समितिको काममा भने केही दिन लाग्नेछ। जटिल प्रकृतिको सेवाकालागि भने सेवाग्राहीलाई लाग्ने समयबारे पूर्व जानकारी गराइनछ। यो सेवा शुभारम्भ गर्नु अघि नगरपालिकालाई यस सेवा संचालन गरेका पालिकाहरूमा स्थलगत अनुगमन गराइएको प्रमुख पाण्डेले बताए।

सेवाग्राहीको सेवालाई ध्यान दिई फोटो कपी, निवेदन लेख्ने प्रबन्ध समेत नगरपालिकाले गरेको छ। सेवा सुरु भएसँगै शिवराज नगरपालिकामा फाइल लिएर शाखा शाखामा पुग्नुपर्ने बाध्यता हटेको प्रति नगरवासी खुसी भएका छन्। काम सम्पन्न नहुन्जेल बस्नको लागि सेवा केन्द्रमा एसी र टिभी सहितको आरामदायी कुर्सीहरूको व्यवस्थापन गरिएको छ। केन्द्रमा चियाको पारखीहरूको लागि चिया र तातो चिसो पानीको समेत व्यवस्थापन गरिएको छ।

सेवालाई प्रभावकारी बनाउन अधिकृत लक्षमी कँडेललाई त्यही खटाइएको छ। भने प्रमुख प्रशासकीय अधिकृत समेत त्यही केन्द्रमा आएर आवश्यक निरीक्षण र काम गर्ने छन्। यसैबिच नगरपालिकामा महिलाहरुलाई लक्षित गरी स्तनपान कक्ष समेत संचालन गरिएको छ। कक्षको मन्त्री जानकारी प्रसाद यादवले उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन कुमार केस्सी, उपप्रमुख शिवकुमारी चौधरी लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज