Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

Author Avatar साझा न्यूज 15th April 2023 , 2:48 PM
विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

प्रतीकात्मक तस्बिर

बैतडी – बैतडीका पालिका तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा  टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका  ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो ।

वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटीपोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हँुदै आएको थियो । यस्तै वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने प्रमुख पाण्डेयले बताउनुभयो । त्यस विद्यालयमा कक्षा ३ सम्म पढाइ हुने गरेको थियो ।

वडा नं ३ मा रहेको सरस्वती आधारभूत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं ५ को उदयदेव आधारभूत विद्यालय धञ्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हँुदै आएको थियो । वडा नं ६ को डाँडाबाग आधारभूत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको पाण्डेयले जानकारी दिनुभयो ।

कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभूत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ३ सम्मका पढाइ हुने गरेकामा ११ जनामात्रै विद्यार्थी थिए । वडा नं १ को ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ । वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभूत विद्यालय कक्षा ३ सम्म कायम रहने छ । यसअघि कक्षा ५ सम्म अध्ययन– अध्यापन हँुदै आएको थियो ।

नगरपालिकाले यसअघि कक्षा १ देखि ३ सम्मका विद्यालयमा कम्तीमा ३०, कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा ६५, कक्षा १ देखि ८ सम्मको विद्यालयमा कम्तीमा एक सय १०, कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय ७० र कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय १० जना विद्यार्थी हुनुपर्ने मापदण्ड थियो । सो मापदण्डमा टेकेर विद्यार्थी सङ्ख्या नभएका विद्यालयको तह समायोजन कार्य भएको हो ।

तह समायोजनसँगै शिक्षक समायोजनबारे पनि छलफल भइरहेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकको सरुवा गरिने छन् । नगर शिक्षा समितिको निर्णयलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी कार्यान्वयनको चरणमा लैजाने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

भर्खरै प्रकाशित

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज