Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Author Avatar साझा न्यूज 8th June 2023 , 5:59 PM
तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

दमौली । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ। जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।

जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
स्वास्थ्य कार्यालय तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन्। कार्यक्रममा उहाँले पूर्ण खोप सुनिश्चिततालाई घोषणामा सिमित नराखी आगामी दिनमा दिगोपना दिनुपर्नेमा जोड दिए। गुरुङले घोषणा मात्रै ठूलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौती रहेको उल्लेख गरे।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको थियो।

जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। शुक्लागण्डकी नगरपालिकाका १२, घिरिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका १४, भीमाद नगरपालिकाका नौ, म्याग्दे गाउँपालिकाका सात, आँबुखैरेनी गाउँपालिकाका छ, बन्दीपुर गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका आठ, देवघाट गाउँपालिकाका पाँच र भानु नगरपालिकाका १३ वटै वडाका खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएका छन्।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले चैतभरी सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरी अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिकाको खोजी गरिएको जानकारी दिए। उनले भने, “वैशाखमा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो।” उनका अनुसार नगरपालिकाभित्र ५९ महिना उमेर समूहका तीन हजार चार सय १९ बालबालिका रहेकामा ३८ जना खोप लगाउनबाट छुटेकामा सबैलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिए।

म्याग्दे गाउँपालिकाका एक हजार ४० बालबालिकालाई पूर्ण खोप लगाइएको छ। वडा नं १ मा एक सय ६६, वडा नम्बर २ मा एक सय ५०, वडा नम्बर ३ मा एक सय ३७, वडा नम्बर ४ मा एक सय ६०, वडा नम्बर ५ मा एक सय २९, वडा नम्बर ६ मा एक सय १५ र वडा नम्बर ७ मा एक सय ८३ लाई पूर्णखोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए।

गाउँपालिकाले विसं २०७९ फागुन १८ देखि चैत मसान्तसम्म हरेक वडामा बालबालिकाले खोप पाएरनपाएको जाँच गर्न घरधुरी सर्वेक्षण गरेको थियो। आँबुखैरेनी गाउँपालिका छ वटै वडाका छ सय ९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। उनका अनुसार खोप पाएरनपाएको सम्बन्धमा घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज