Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मैत्रीपूर्ण खेलका लागि फुटबल टोलीको बिदाइ

Author Avatar साझा न्यूज 11th June 2023 , 4:54 PM
मैत्रीपूर्ण खेलका लागि फुटबल टोलीको बिदाइ

काठमाडौं, जेठ २८ गते । भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले फिलिपिन्ससँग जेठ ३२ गते मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने टोलीको बिदाइ गरेको छ । साफअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेललाई नेपालले आफ्नो गल्ती र कमजोरी सुधार गर्ने अवसरको रुपमा लिएको छ ।

मैत्रीपूर्ण खेल खेल्न जानुअघि नेपालले आइतबार बिहान मात्र एकल टोलीको रुपमा दशरथ रंगशालामा अभ्यास गरेको थियो । शहिद स्मारक ‘ए’ डिभिजन लिगका कारण नेपाली टोलीले आवश्यक तयारी र बन्द प्रशिक्षण गर्न पाएको छैन ।

मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि एन्फाले बिहीबार मात्र २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अनुभवी र ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडीलाई टोलीमा सामेल गर्नुभएको छ । रक्षक विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउनुभएको छ ।

नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले दुई साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी हुन् ।

यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बङ्गलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रूपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनका कारण श्रीलङ्काले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

माल्दिभ्समा भएको १३औँ संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।

यसपटक तुलनात्मक रूपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाइका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ । नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने

स्ट्राईकर : आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज