Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुको बालाजी सिमेन्टद्वारा भारत निर्यात सुरु

Author Avatar साझा न्यूज 12th June 2023 , 6:56 PM
कपिलबस्तुको बालाजी सिमेन्टद्वारा भारत निर्यात सुरु

संजय मल्ल

कपिलबस्तु, जेठ २९ । कपिलबस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले आफ्ना उत्पाद्न भारत निर्यात सुरु गरेको छ ।
बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर बिभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरे संगै भारत निर्यात सुरु गरिएको उध्योगका संस्थापक ऋषिकेश अग्रवालले बताउनु भयो ।
पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको अग्रवालले बताउनुभयो । कपिलबस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।
भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स ९बिआईएस०ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बहुबली र श्रृष्टीकोको भारततर्फ निर्यात अघि बढेको हो । कपिलबस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको उहाको भनाइ थियो । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताउनु भयो ।
भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उध्योगले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हो ।
सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघिनै गरिसकेको छ ।
सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको उध्योगका संस्थापक सन्दिप काडियाको भनाइ छ । बर्तमान असहज एवं आर्थिक मन्दिको अवस्थानमा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य यस क्षेत्र बाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको छ । उहाले भन्नुभयो, हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्यनै भारत निर्यात गर्ने सोच सहित थियो । सोच आज पुरा भएको छ, हामी सफल भएका छौ ।
सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको उहाको तर्क रहेको थियो । हामी चाहन्छौ राज्यले अझै उद्योग मैत्री, निर्यात मैत्री नीतिहरु ल्याउनु जरुरी छ । आजका दिनमा निर्यातको बाताबरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौ । काडियाले भन्नुभयो सिमेन्ट निर्यातले भारत संगको व्यापार घाटालाई केही कम गर्नेमा उध्योग बिश्वस्त रहेको उहाको भनाइ थियो ।
शिवराज नगरपालिकामा रहेको उध्योगले निर्यात सुरु गरे सङ्गै ब्यपार घाटामा थोरै भए पनि कमि आउने चन्द्रौटा उध्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले बताउनुभयो । ूजति बढी सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं, त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्छ ।ू पाण्डेले भन्नुभयो
शिवराज नगर पालिकाका प्रमुख अजय थापाले शिवराज नगरपालिकाबाट निर्यातको सुरुवात हुनु गर्वको बिषय रहेको बताउनुभयो । आयात मात्रै हुने गरेको नेपालमा यसले केही सकारात्मक सन्देश दिने उहाको भनाइ छ ।
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ उध्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले जानकारी दिनुभयो । उद्योगले बहुबली र श्रृष्टी ब्रान्डका ओपिसी ४३ ग्रेडको र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुबै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर बिभागले एनएस र भारत सरकार गुणस्तर बिभागले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेको छ ।
बालाजी सिमेन्ट ईण्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगको लागी बिश्वकै उच्चस्तरीय कम्पनी हो । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम ,सुदुर पश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

भर्खरै प्रकाशित

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज