Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजेटको असन्तुष्टि र कोशी प्रदेशको समस्या समाधान गर्न सत्ता गठबन्धनका शीर्ष नेता सहमत

Author Avatar साझा न्यूज 13th June 2023 , 3:19 PM
बजेटको असन्तुष्टि र कोशी प्रदेशको समस्या समाधान गर्न सत्ता गठबन्धनका शीर्ष नेता सहमत

काठमाडौँ । बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्न र कोशी प्रदेशमा देखिएको समस्या समाधानको पहल गर्न सत्तारुढल दलका शीर्ष नेता सहमत भएका छन् । आज (मंगलबार) बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा यी दुई समस्या समाधानका विषयमा छलफल गर्दै सबैको पहलमा समस्या समाधन गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

‘सत्तारुढ दलमै बजेटबारे देखिएको असन्तुष्टिलाई बजेटमा सक्ने जति मिलाउने र अरू विषयमा पनि मिलाएर अघि बढ्ने भन्ने सहमति भएको छ’, एक नेताले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिनु भएको छ ।’ मंगलबारको बालुवाटार छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री तथा कांग्रेस नेता डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट बेनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएर छलफल गरेका हुन् । नेताहरुले सार्वजनिक रुपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएपछि प्रधानमन्त्रीले समस्या सम्बोधनका लागि नेताहरुलाई बोलाएर समस्या समाधानका लागि अग्रसरता देखाएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देखिएका असहमतिहरुमा छलफल गरेर अघि बढ्नेबारे कुराकानी भएको बताए ।

‘अहिले सहमतिमा अघि बढ्नुको विकल्प छैन । सोही अनुसार अघि बढ्ने कुरा भएको छ’, अध्यक्ष नेपालले भने, ‘कोशी प्रदेशमा पहिचान पक्षधरले लगातार आन्दोलन गर्दै आएका छन् । त्यसबारेमा पनि सबै बसेर छलफल गर्ने र समस्याको निकास खोज्ने भन्ने भएको छ ।’ कोशी प्रदेशमा सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतले नै कोशी प्रदेशको नाम फेर्नुपर्ने बताउँदै आएका छन् । कोशी प्रदेश नामकरणको विपक्षमा सत्तापक्षकै उक्साहटमा आन्दोलन भइरहेको नेकपा एमालेले बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज