Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’

Author Avatar साझा न्यूज 15th June 2023 , 3:15 PM
‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’

काठमाडौ । सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले महिला शोषण र हिंसालगायत घटनाबाट पीडित हुँदै आएकाले कानुन कडाइका साथ कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । ‘समाज परिवर्तन गर्न नयाँ ढङ्गको चेतनाको आन्दोलनको जरुरी छ’, उनले भने ।

सांसद हितराज पाण्डेले कार्यतालिका बनाएर बजेट कार्यान्वयन गर्नुपर्ने, बजेटमा उल्लेख विषयले नतिजा ल्यायो कि ल्याएन भनेर ‘अडिट’ गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । ‘कार्यतालिका अनुसार काम भएको छैन भने किन भएन भनेर खोज्नुपर्छ’, उनले भने ।

उनले बजेट सङ्घीयताको मर्मअनुसार नआएको, स्रोतलाई सङ्घमा मात्र केन्द्रित गरेको टिप्पणी गरे । महिलालाई सशक्तिकरण नगरेसम्म देशलाई अगाडि बढाउन नसकिने उल्लेख गर्दै उनले महिलाको समग्र विकासका लागि महिला मन्त्रालयले आवाज उठाउनु पर्ने बताए । सांसद ऋषिकेश पोखरेलले खेलाडीलाई प्रशिक्षण, खेल पूर्वाधार निर्माण, खेलाडीलाई मर्यादाक्रममा राख्ने हो भने खेलाडीको मनोबल बढ्ने बताए । वन एक, कानुन अनेक हुँदा धेरै खालका समस्या देखिएकाले वनसम्बन्धी एकीकृत कानुन आवश्यक भएको बताए ।

सांसद डा तोसिमा कार्कीले खेलाडीलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने, खेल पूर्वाधार निर्माण गर्नुपर्ने, घाइते खेलाडीको उपचार खर्चको प्रबन्ध गर्नुपर्ने, सम्पूर्ण खेलाडीको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिइन् । सांसद रोशन कार्कीले ज्येष्ठ नागरिक, महिलालाई घर परिवारमै बस्न सक्ने व्यवस्था मिलाइनुपर्ने, देशका नाम उच्च राख्ने खेलाडीलाई उचित पारिश्रमिक र खेलाडीलाई पेन्सनको व्यवस्था गर्न माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज