Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुक्खा लागेपछि कपिलवस्तुमा पानीकाे हाहाकार

Author Avatar साझा न्यूज 18th June 2023 , 4:53 PM
सुक्खा लागेपछि कपिलवस्तुमा पानीकाे हाहाकार

कपिलवस्तु, असार ३ गते । ‘चापाकलमा पानी आउन छाडेको दुई साता भयो । खानेपानी वितरणको धारा केहीबेर मात्र आउँछ । भुइँतलासम्म पानी आउँछ । करिव आधा घण्टामै बन्द हुन्छ । केही वर्ष भयो सुक्खायाममा यस्तै हुन्छ ।’ कपिलवस्तु बुद्धभूमि –२ गोरुसिङ्गेका सुरज न्यौपानेले दुखेसो पोख्नुभयो ।

कपिलवस्तुका धेरै बस्तीमा अहिले पानीको चरम अभाव छ । अधिकांश चापाकल सुकेपछि पिउने पानीको अभाव भएको छ । राजमार्ग क्षेत्रमा पर्ने बुद्धभूमि, बाणगङ्गा, शिवराज नगरपालिकाका प्रमुख बस्तीमा पानीको हाहाकार छ ।

बाणगङ्गा नगरपालिका –९ का पूर्व वडा अध्यक्ष ध्रुव बेल्वासेले भन्नुभयो, “अघिल्ला वर्षसम्म सुक्खायाममा पानीको अभाव हुन्थ्यो । खोला नजिकको बस्ती भएकाले लामो समयसम्म चापाकल सुकेको थिएन । खोलामा पानी बगेको हुन्थ्यो तर यस पटक सुकेको छ । यस वर्ष पानीको चरम अभाव छ ।’

शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा समेत पानीको समस्या भएको स्थानीयले बताउँछन् । एक सातादेखि धारा सुकेको छ । विद्युतको भोल्टेज कम, पटक–पटक लाइन जान्छ । भोल्टेज कम हुँदा मोटरले पानी तान्न सकेको छैन । जसलेगर्दा पानी वितरण गर्न समस्या भएको छ । समस्या बढ्दै गएपछि शनिवारबाट ट्याङ्करबाट पानी वितरण गरेको चन्द्रौटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण भाटले बताउनुभयो ।

पछिल्लो समय नदी दोहन उच्च भएको र सिंचाइ प्रयोजनका भूमिगत जलस्रोतको प्रयोगले धारा सुक्ने गरेका बाणगङ्गाका वातावरण अभियन्ता हुमनाथ पौडेलले बताउनुभयो । चुरे क्षेत्रमा स्काभेटर प्रयोग गरी उत्खनन गर्दा भूमिगत जल पुनःभरण (रिचार्ज) प्रणालीमा समस्या हुने पौडेलले बताउनुभयो । कपिलवस्तुमा पछिल्लो दुई सातादेखि पानीको अभाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज