Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

योजना छनौटमा जुट्यो स्थानीय तह

Author Avatar साझा न्यूज 21st June 2023 , 10:14 AM
योजना छनौटमा जुट्यो स्थानीय तह

सिन्धुलीमाढी, असार ६ गते । सिन्धुली जिल्लाका स्थानीय तहहरु आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि योजना छनोटमा जुटेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये मरिण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मङ्गलबार नै र्साजनिक गरी सकेको छ । बाँकी स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने गरी योजना छनौटमा जुटेको जनाइएको छ ।

कानुनी रूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषदमा टेबल गर्नुपर्ने प्रावधान अनुसार स्थानीय तहहरु आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा गर्न व्यस्त बनेका हुन् । वडा भेला गरी स्थानीयस्तरबाट सुझाव सङ्कलन र मागका आधारमा योजना छनौटमा जुटेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुले जानकारी दिनुभयो ।

उपप्रमुख थारुले भन्नुभयो, ‘‘नगरपालिकाका १४ वटा वडामध्ये धेरै जसो वडामा वडा भेला गरी योजना छनौट भइसकेको छ । बाँकी वडामा धमाधम वडा भेला भई रहेको छ । नीति तथा कार्यक्रममा स्थानीयस्तरबाट आएका सुझाव र मागलाई प्राथमिकतामा राखी असार १० गते सार्वजनिक गर्ने तयारी भइ रहेको छ ।’’

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरी सोही बमोजिम वडा भेला भई रहेको जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता र त्यसपछि स्वास्थ्य, शिक्षा हुने उहाँको भनाइ छ । विगतमा सञ्चालित अधुरा योजनालाई प्राथमिकता दिँदै नयाँ योजनालाई बजेट छुट्याइने उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले पनि नगरपालिकाका १४ वटै वडामा अहिले धमाधम वडा भेला गरी सुझाव र माग सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार विगतका योजनालाई निरन्तरता दिँदै ग्वाङखोला करिडोर निर्माण, कार्यपालिका भवन निर्माण, शिव नगरमा पार्क निर्माण, वातावरण मैत्री वन करिडोर र पाँच वटा वडामा विपन्न नागरिकका लागि आयआर्जन कार्यक्रम लगायतका नयाँ योजना समाबेस हुने छ ।

अबको लडाई गरिबिसँग भएकाले जनतलाई तत्काल आयआर्जनसँग जोड्ने गरी योजना छनौट गरी ल्याउन वडा अध्यक्षहरुलाई सुझाव दिएको पनि उहाँले बताउनुभयो ।जिल्लाका गोलन्जोर, सुनकोसी, फिक्कल, घ्याङलेख, हरिहरपुरगढी गाउँपालिकाले पनि धमाधम वडा भेला गरी योजना माग गर्ने काम भइरहेको जनाएका छन् । उता मरिण गाँउपालिकाले भने आगामी आर्थिक वर्ष (आव) ०८०÷०८१ का लागि नीति तथा कार्यक्रम र करिब ५६ करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष बिमला माझीले आगामी आवका लागि ५५ करोड ९६ लाख ५१ हजार ८०१ रुपियाँको बजेट सार्वजनिक गर्नु भएको हो । सार्वजनिक गरेको बजेटमध्ये पुँजीगततर्फ १४ करोड ६७ लाख ५५ हजार र चालुतर्फ ४१ करोड २८ लाख ९६ हजार ८०१ रुपियाँ रहेको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक गरिएको गाउँपालिकाको नीति तथा कार्यक्रममा सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, गरिबि निवारणसहित समावेशी विकास मरिण प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पर्यटन लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको मोक्तानको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज