Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय कविता महोत्सवमा २५ कविता वाचन हुने

Author Avatar साझा न्यूज 22nd June 2023 , 12:16 PM
राष्ट्रिय कविता महोत्सवमा २५ कविता वाचन हुने

काठमाडौं, असार ७ गते । यही असार ९ गते आयोजना हुन लागेको राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोट भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गर्न लागेको कविता महोत्सव–२०८० का लागि छनोटमा परेका कविता सार्वजनिक गरेको छ ।

सार्वजनिक कविताको मूल्याङ्क गरी छनोट समितिले २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोटमा परेको प्रतिष्ठानले जनाएको छ । छनोटमा परेका कविताहरू यही असार ९ गते शनिबार आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा  वाचन गरिने छन् ।

यी वाचित कवितामध्येबाट १० जना कविका उत्कृष्ट कवितालाई छनोट गरी पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । यस दशकमै सर्वाधिक कविहरूले नेपाली भाषा÷मातृभाषाका कविता पठाएर समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव–२०८०’’ लाई अनुमोदन गरेका छन् । यसपटक महोत्सवका लागि छनोट भएका २५ वटा कवितामध्ये  मातृभाषामा लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ वटा कविता छानिएका छन् । यसपटकको राष्ट्रिय कविता महोत्सवमा कविहरूको यस दशककै सर्वाधिक सहभागिता रहेको छ ।

महोत्सवका लागि नेपालीभाषातर्फ अविनाश भट्टराई/पाइतालाहरू, उमा शर्मा/त्यो दिनको तयारी, कमल विवश मगर/कम्ब्याट, कृपाकरुणा पोखरेल/रक्तिम उमेश पुन/छोरी, सिमाना र देश, गोविन्दप्रसाद आचार्य/तिम्रो नजरमा, जीवन आरोही/प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा/कविले के सम्झियो ?, दिनेश राई/पोक्ची दिदीको कथा, नवीन अभिलाष/भेरी अभिशप्त बगिरहेछ, पूर्ण सन्ध्या समाधि/खोला र लालीगुँरास, प्रकाश दिप्साली राई/नौरानको नाम, प्रदीप योङहाङ/पृथ्वीको प्रोटेट चित्र, राधिका कल्पित/परिचयपत्र, शर्मिला दुलाल/एउटा गीत, सञ्जित फलाना/आदिवासी डाँडा, सुन्दर शिरीष/एकप्रदेशी बकपत्र, सुवास सङ्गम राई/माटोको उचाई जस्ता कविताहरू प्राप्त भएका छन् ।

त्यसैगरी, मातृभाषातर्फ लिम्बू मातृभाषामा इन्दु फोम्बो/केसेम्बा निङ्वाहा, खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (समीप वैरागी)/हुन्के बे बड्डा, नेपाल भाषामा दिलकुमारी डङ्गोल/विश्वासया पःखाः,/चाम्लिङ भाषामा बादलदेवी चाम्लिङ/तोक, थामी भाषामा रमेश थामी “छड्के सलाम’’/झोला, डोटेली भाषामा खिमानन्द जोशी/मूई गोठ नाइँ झान्या हुँ, डोटेली भाषामा पूर्णचन्द्र ओझा/सन्निको मान्स राष्ट्रिय कविता महोत्सव–२०८० का लागि छनोटमा परेका छन् । साथै इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता  प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्‍याएर कविता पठाएको पाइएको छ । त्यसैले, ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज