Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजेटको प्राथमिकतामा स्वास्थ्य र शिक्षा

Author Avatar साझा न्यूज 25th June 2023 , 2:35 PM
बजेटको प्राथमिकतामा स्वास्थ्य र शिक्षा

जाजरकोट, असार १० गते । स्थानीय तहले आर्थिक वर्षको बजेट सभा गर्न थालेका छन् । आगामी आर्थिक वर्षमा स्थानीय सरकारका कार्यक्रम, भावी योजनाका बारेमा गाउँ तथा नगर सभा गर्न थालेका हुन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिने कार्यक्रम, सर्वसाधारणलाई सम्पन्न गर्ने योजना निर्माणका लागि केही दिनदेखि बजेट बनाउन व्यस्त रहेका स्थानीय सरकारले असार १० मा अनिवार्य रूपमा बजेट जनतामाझ ल्याउनुपर्ने प्रावधान छ । घरआँगनमै आएको सिंहदरबारले ल्याउन लागेको बजेटले कस्ता खालका योजना ल्याउँछ भन्नेमा स्थानीयवासीको खुल्दुलीका विषय बनेको छ।

प्रदेश तथा सङ्घीय सरकारले बजेट ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने नीति भए अनुसार असार १० मा जाजरकोटका ७ वटै पालिकाले गाउँ तथा नगर सभाबाट आगामी वर्षमा सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गर्न थालेका हुन् ।

जनतालाई आत्मनिर्भर बनाउन कृषि, स्वास्थ्य, शिक्षालाई मुख्य रूपमा लिने भौतिक पूर्वाधारलाई जोड दिने शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो । गरिबी बेरोजगारीले थला परेका जनतालाई समृद्ध बनाउन कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखी बजेट निर्माण गरिने अध्यक्ष शाहीले बताउनुभयो ।

जनताका दैनिक जीवनसँग जोडिएका तीन वटा विषयलाई परिवर्तन नगरेसम्म आर्थिक, सामाजिक र भौतिक पूर्वाधारमा सुधार नआउने भएकाले कृषि स्वास्थ्य शिक्षा सुधारका लागी विशेष पहल गरी जनतालाई समृद्धि प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष शाहीको भनाइ छ ।

शिक्षा क्षेत्रलाई सुधार नगरेसम्म जनताको चेतना परिवर्तन नहुने भएकाले शिक्षामा सुधार ल्याउन लगानी सँगसँगै सरोकारवाला निकाय नागरिक समाजले निगरानी बढाउनुपर्ने बताउनुभयो। स्थानीय सरकारले ल्याउन लागेको बजेटले नागरिकका दैनिक जीवनसँग जोडिएका विषयवस्तुलाई समेट्ने छ ।

स्थानीय सरकारले कृषि पकेट क्षेत्रमा निर्माण गरेकाले सोही अनुसार कार्यक्रम बनाएको छ । रोजगारीका अवसर बढाउन प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी वृहत् योजना निर्माणका लागी पहल गर्ने, आयआर्जन सुधार गर्न भैँसी, बाख्रा, बङ्गुर कुखुरा पालनमा जोड दिने, कृषि पेसालाई व्यवस्थित नगरेसम्म आत्मनिर्भरको सम्भावना न्यून रहेकाले उन्नत कृषि प्रविधिसँग जोड्न किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउने, महिला बालबालिकाको क्षमता विकास, सिप मूलक कार्यक्रमलाई जोड दिने, जनवायुको असर देखिएकाले न्यूनीकरण गर्ने, रैथाने बाली कोदो, भटमास, कागुनो, मकै, फापर लगायतका बाली संरक्षणलाई जोड दिएपछि स्थानीय सरकारले लिएको समृद्धिको सपना साकार हुने भएपछि सोही अनुसार बजेट ल्याउने कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज