Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कमला नदी किनारमा बाढी पर्खिरहेका माझी

Author Avatar साझा न्यूज 25th June 2023 , 2:57 PM
कमला नदी किनारमा बाढी पर्खिरहेका माझी

जनकपुरधाम : केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँक अस्थायी काठेपुल बगाइसकेको छ ।

नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन् ।

हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको सङ्ख्या पातलिँदै गएको छ भने नदी किनारमा डुङ्गा खियाउने माझीहरुको सङ्ख्या भने बढ्न थालेको छ । त्यसैमध्येका एक हुनुहुन्छ–कमला नगरपालिका–५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी ।

उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । विहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ । ‘के गर्नु वर्षाका दुई÷चार महिना त हो डुङ्गा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुङ्गा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर्यो, उनले भने।

कमला– ५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेकुला आँखाले देखुञ्चेल डुङ्गा खियाउन उहाँ व्यस्त हुनुहुन्छ । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ । ‘देशमा हुँदा नौ÷दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुङ्गा चलाउनुहुन्थ्यो । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौं,’ सहनीले भने, ‘यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला ?’

वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उहाँको भनाइ छ । सहनीका शब्दमा यो रहर नभइ उहाँको बाध्यता हो । “पेशा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुङ्गा चलाइरहेका छौँ । मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताए । रातारात हुने त्यहाँको विकास देखेको छु । यहाँ त पुल नदेखेरै पुस्तौ बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौ तर त्यो पनि अलपत्र छ । थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन”, सहनीको गुनासो छ ।

उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुङ्गा चलाउन सिक्दै हुनुहुन्छ । बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुङ्गा चलाउन सकिरहेको हरिदेवको कथन छ ।

‘हाम्रो जात नै डुङ्गा चलाउने हो । बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु । बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन । के थाहा ? यस्तै अवस्था रहे मैले पनि डुङ्गा चलाएर बस्नुपर्ने हो कि’, हरिदेवले पुलतर्फ हेर्दै भने ।

स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुङ्गाको विकल्प नभएको बताउनुहुन्छ । उहाँले वर्षौदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउनुभयो ।

‘मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ । नातेदारहरु नदी पारी धनुषामा बस्छन् । आउजाउ गर्दा डुङ्गाको विकल्प छैन कि त लामो दूरी पार गरेर जानुपर्छ’, मोहम्मद भन्छन्, ‘नेताहरु भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौ लागेर बनाएको पुल एकै वर्षात्मा भाँसिदा पनि कसैले केही गरेनन् । कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन ।’

यो पटक अहिलेसम्म पूर्णरुपमा वर्षा सुरु भइसकेको छैन । ढिलोचाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदैछ । नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ । त्यस्तै त्रास छ वर्षौदेखि डुङ्गा खियाइरहेका माझिहरुलाई पनि ।

‘केही समय अर्थोपार्जन गरे पनि पुस्तौपुस्ता पुल नहुँदाको सास्ती सबैले खप्नुपरिरहेको छ । तपाईंहरुले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई । बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ । यो रहर नभई बाध्यता हो । पुल नहुनुको बाध्यता ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज