Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिन्धुलीको छ स्थानीय तहको बजेट सार्वजनिक

Author Avatar साझा न्यूज 25th June 2023 , 4:54 PM
सिन्धुलीको छ स्थानीय तहको बजेट सार्वजनिक

सिन्धुलीमाढी, असार १० गते । सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये छ वटाले आईतबार आगामी आर्थिक वर्ष ०८०-०८१ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

कमलामाई नगपालिका, दुधौली नगरपालिका, सुनकोसी गाँउपालिका, तीन पाटन गाँउपालिका, घ्याङलेख गाँउपालिका र गोलन्जोर गाँउपालिकाले आ–आफ्नो गाँउ तथा नगरसभा मार्फत बजेट सार्वजनिक गरेका हुन् । बाँकी मरिण गाँउपालिका, फिक्कल गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकाले यसअघि नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएका छन् ।

कानुनी रूपमा असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद् टेबल गर्नुपर्ने प्रावधान अनुसार स्थानीय तहहरु आगामी आर्थिक वर्षका लागि यो वर्ष समयमा नै बजेट ल्याएको जनाएका छन् । स्थानीय तहले वस्ती, वडा स्तरबाट आएका योजना र लक्षित समूह लगाएत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जनाएका छन् । उनीहरुले महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई समेत बजेटमा समेटेका छन् ।

कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै एक अर्ब ३९ करोड ४१ लाख ३४ हजार ६२९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूँजीगततर्फ ५२ करोड ४३ लाख ५० हजार रुपियाँ र चालुतर्फ ६८ करोड ९७ लाख ८४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले विगतका योजनालाई निरन्तरता दिँदै ग्वाङखोला करिडोर निर्माण, कार्यपालिका भवन निर्माण, शिव नगरमा पार्क निर्माण, वातावरण मैत्री वन करिडोर र पाँच वटा वडामा विपन्न नागरिकका लागि आयआर्जन कार्यक्रम लगायतका नयाँ योजना समाबेस गरिएको सुनाउनुभयो ।

त्यस्तै, दुधौली नगरपालिकाले पनि नीति तथा कार्यक्रमसँगै एक अर्ब आठ करोड ३२ लाख ५६ हजार २४१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूँजीगततर्फ ३४ करोड ३६ लाख रुपियाँ र बाँकी चालुतर्फ ७३ करोड ९६ लाख ५६ हजार दुई सय ४१ रुपियाँ रहेको उप–मेयर चन्द्रकिसोर थारुले जानकारी दिनुभयो ।

सुनकोशी गाँउपालिकाले नीति तथा कार्यक्रमसँगै २६ करोड ३६ लाख ६९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूजीँगततर्फ चार करोड ८४ लाख रुपियाँ र चालुतर्फ २१ करोड ५२ लाख ६९ हजार रुपियाँ बजेट रहेको गाँउपालिका उपाध्यक्ष कपिल कोईरालाले जानकारी दिनुभयो ।

उता तीन पाटन गाँउपालिकाले पनि नीति तथा कार्यक्रमसँगै ७९ करोड ९० लाख २३ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूजीँगत ३१ करोड ४३ लाख २९ हजार रुपियाँ रहेको र चालुतर्फ ४८ करोड ४६ लाख ९४ हजार रुपियाँ रहेको गाँउपालिकाले जनाएको छ ।

नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता र त्यसपछि स्वास्थ्य, शिक्षालाई दिएको तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । बिगतमा सञ्चालित अधुरा योजनालाई प्राथमिकता दिदै नयाँ योजनालाई बजेट छुट्याएको पनि उहाँले बताउनुभयो ।

जिल्लाकै दुर्गम क्षेत्रमा रहेको घ्याङलेख गाँउपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आईतबार नै सार्वजनिक गरेको जनाएको छ । गोलन्जोर गाँउपालिकामा भने आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि विवादका कारण स्थगित भएको छ । नीति तथा कार्यक्रम र बजेटमा आफ्ना योजना नसमेटिएको भन्दै बहुमतमा रहेका विपक्षी गाँउसभा सदस्यहरुले अवरोध गरेपछि नीति तथा कार्यक्रम माथिको छलफल रोकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज