पशुपतिनाथ मन्दिर परिसरमा राखिएको जलहरीको अनुगमनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरीमा छानबिन गर्न अख्तियारको टोली पशुपति पुगेको हो। अख्तियार टोलीले जलहरीको तौल लिने स्रोतले जानकारी दिएको छ।
टोली आउने भएपछि आइतबार दिउँसो पशुपतिनाथ मन्दिर खालि गराइएको थियो।
केपी ओली सरकारका पालामा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १ सय ११ हजारमा किनेको थियो।
उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो।
यद्यपि राष्ट्र बैँकबाट किनिएको सबै सुन जलहरीमा प्रयोग नभएको महालेखा परीक्षकको कार्यालयले बताएको छ।
















































