Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषिमा आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’

Author Avatar साझा न्यूज 29th June 2023 , 10:12 AM
कृषिमा आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’ सुरु गर्ने भएको छ । कृषि र पशुपालनलाई प्राथमिकता दिँदै गाउँपालिकाले अध्यक्ष कृषि आयोजना सुरु गर्ने भएको हो ।

गाउँपालिकाको १५ औँ गाउँ सभा तथा अधिवेशनसमक्ष पालिका अध्यक्ष भक्तबहादुर कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार विभिन्न योजनालाई पालिकाको गौरवको योजनाका रूपमा अघि बढाइने भएको छ । पालिकाको गौरवकै योजनाअन्तर्गत अध्यक्ष कृषि आयोजनालाई बहु वर्षे तथा बहु आयामिक योजनाका रूपमा कार्यान्वयन गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ ।

उक्त योजनाअन्तर्गत मिक्वाखोलामा तोरी, सस्र्यु र सूर्यमुखी खेतीमार्फत तेलमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । तेलहन बालीका लागि यहाँको माटो उपयुक्त रहेको पनि गाउँपालिकाले जनाएको छ । तेलहन बालीका लागि उन्नत जातको बिउ, मल र प्रविधिको उपलब्धतालाई गाउँपालिकाले महत्त्व दिने छ भने यसमा प्रविधि हस्तान्तरण र अनुदान समेतलाई प्राथमिकता दिइने भएको छ ।

अध्यक्ष कृषि आयोजनामार्फत नगदे बाली अलैँची सहितको खेतीमा संलग्न किसानलाई उत्पादन र उत्पादकत्वमा सुधार ल्याउन उपयुक्त प्रविधि र उपकरणमा समेत सहयोग गर्ने गाउँपालिकाको नीति छ । अलैँची बालीमा उत्पादन वृद्धिमा जोड दिएर उपयुक्त सिँचाइको प्रवन्ध गरिने छ भने गुणस्तर वृद्धिका लागि सुधारिएको भट्टीसमेत वितरण गर्ने गाउँपालिकाको नीति रहेको छ । अलैँची खेतीमा नयाँपन ल्याउन गाउँपालिकाका ५ वटै वडामा अलैँची नर्सरी स्थापना गरिने भएको छ ।

लोपोन्मुख तथा मौलिक बालीको संरक्षण गरी ग्रामीण क्षेत्रमा बीउ, बैङ्क स्थापना गर्ने गाउँपालिकाले नीति अघि सारेको छ । ठाउँ तथा हावापानी र माटो सुहाउँदो फलफूल खेतीका लागि किसानलाई सहयोग गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । तरकारी खेतीमा पनि आत्मनिर्भर बनाउने गरी विपन्न परिवारको पहिचान गरी विशेष अनुदानको व्यवस्था गर्ने योजना गाउँपालिकाको रहेको छ ।

व्यावसायिक पशु तथा पन्छी पालनका लागि गाउँपालिकाले उपयुक्त क्षेत्रहरू छनोट गरी पशु पालकलाई अनुदान सहितका प्रोत्साहन गर्ने भएको छ । पशुपन्छी पालनसँगै जैविक मल तथा विषादीको उत्पादन र उपयोगिता वृद्धि गर्ने गाउँपालिकाले जनाएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले जर्सी गाई पालनमा प्रोत्साहन तथा सहयोग गर्ने भएको छ । दुर्गम क्षेत्रहरूमा सामुदायिक पशु प्रजनन केन्द्र स्थापना गरेर पशुहरूमा कृत्रिम गर्भाधान र पशु नस्ल सुधारका कार्यक्रम अघि सारेको छ ।

चरन र खर्क क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले विशेष कार्यक्रम ल्याउने जनाएको छ । उन्नत जातका भेडा, बाख्रा, याक र चौँरीको आधुनिक फर्मका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउने उल्लेख गरेको छ । हिउँद मौसममा पशुहरूलाई चाहिने आहाराको संरक्षण गरी मौसमी र पोसिलो घाँसहरूको उत्पादनका लागि गाउँपालिकाले पशुपालकहरुलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज