Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा

Author Avatar साझा न्यूज 5th July 2023 , 4:59 PM
‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा

काठमाडौँ । राष्ट्रिय परिचयपत्रकै आधारमा जिल्ला प्रशासनले राहदानी प्रदान गर्न थालेको छ ।  जिल्ला प्रशासन कार्यालय धादिङले यही असार ३ गतेदेखि ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए।

“राहदानी बनाउन साइबर तथा पसलबाट नै फाराम भरेर फोटो टाँस गरेर जिल्ला प्रशासन पुग्नुपर्थ्यो, खचाखच लाइनमा बस्नुपर्थ्यो । तर सेवाग्राहीले झेल्नु परेको त्यो झन्झटको अहिले अन्त्य भएको छ,” उनले भने“ठगी गर्नेको नामनिसाना पनि मेटिएको छ ।”

सेवाग्राहीको चापलाई ध्यानमा राखेर जिल्ला प्रशासनले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म दैनिक ७० जनाको कोटा नै छुट्याएर राहदानीको सिफारिस लिँदै आएको छ । शुक्रबार भने ५५ जनाको मात्रै सिफारिस लिने गरेको छ । लाइभ इन्डोरमेन्ट सेवा सञ्चालनमा नआउँदासम्म राहदानी बनाउन आउने अधिकांश सेवाग्राही फोटो खिच्ने र फाराम भर्ने नाउमा ठगिँदै आएका थिए ।

साइबर अथवा फोटो स्टुडियोको नामबाट सञ्चालन भएका ठगी गर्ने पसल धादिङ बेँसीमा मात्रै एक दर्जनभन्दा बढी छन् । दैनिक ७० जनाबाट प्रतिव्यक्ति कम्तीमा पाँच सय भन्दा बढी लिने गरेका थिए । टोकन मिलाइदिन्छु भन्दै पनि हरेक व्यक्ति एक हजारदेखि एक हजार पाँच सयसम्म लिने गरेका थिए । अहिले सेवाग्राहीलाई फाइदा भएको जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर सेवाग्राहीलाई परामर्श दिँदै आएको सामी कार्यक्रमका सूचना तथा परामर्शकर्ता विनोद ढकालले बताए ।

अहिले राष्ट्रिय परिचयपत्र बनाएर प्रशासनबाट टोकन लिएपछि नामलिष्ट तयार गरेर सेवा दिने गरेको छ । “एमआरपी फारम भरेर मात्रै प्रशासन पुग्नुपर्ने, सेवाग्राही आफैले भर्न सहजै नसक्ने भएकोले साइबर तथा दलाल भएको ठाउँमा पुग्न बाध्य हुन्थे,” उनले भने“अहिले सेवाग्राही त्यसरी ठगिनु परेको छैन ।”

प्रशासनले लाइभ इन्डोरमेन्ट सेवा सुरु गरेदेखि सेवाग्राहीले राम्रो प्रतिक्रिया दिने गरेका छन् । असार ३ देखि लागू गरेको सेवालाई धेरै जनाले राम्रो भनेको जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाको भूपेन्द्र खनालको भनाइ छ । जिल्ला प्रशासन कार्यालय राहदानी शाखाको तथ्याङ्क अनुसार यस वर्षको वैशाखदेखि असार १५ गतेसम्म (साढे दुई महिना)मा तीन हजार नौ सय २२ जनाले राहदानी बनाएका छन् । एक हजार चार सय ५५ महिला र दुई हजार चार सय २३ पुरुषले राहदानी बनाएका छन् । चौवालीस नाबालकले राहदानी बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज