Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल महिला सङ्घको प्रथम बैठक सम्पन्न

Author Avatar साझा न्यूज 6th July 2023 , 10:22 AM
नेपाल महिला सङ्घको प्रथम बैठक सम्पन्न

काठमाडौँ, असार २१ गते । नेपाल महिला सङ्घको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठनको रूपमा रहेको सङ्घको बैठक केन्द्रीय कार्यालय धापासी काठमाडौँमा सम्पन्न भएको हो ।

सङ्घका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत नेपाल महिला सङ्घलाई सशक्त भातृ सङ्गठनको रूपमा अगाडि बढाउने निर्णय समेत गरेको छ । लोकतन्त्रवादी महिलाहरूको एक मात्र छाता सङ्गठनको रूपमा ७६ वर्ष अगाडि नेपाली महिलाहरूको सर्वाङ्गीण हित, राजनीतिक अधिकार प्राप्ति, स्वतन्त्रता, समानता, आर्थिक समानताका सवालमा बुलन्द आवाज उठाउने पवित्र उद्देश्यका साथ स्थापना भएको नेपाल महिला सङ्घले आम महिलाको हक अधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भूमिका खेल्नुपर्नेमा बैठकमा सहभागी महिलाहरूले जोड दिएका छन् । बैठकमा बोल्दै सङ्घका अध्यक्ष मिश्रले महिला सङ्घ स्थापना पश्चात् हरेक राजनीतिक आन्दोलनहरूमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको यो सङ्गठनको भविष्यमा पनि विशेष भूमिका रहने बताउनुभयो ।

बैठकले प्रेस संयोजकमा मञ्जु नेपाल भण्डारी, आर्थिक समिति संयोजकमा वसन्ती भण्डारी, सदस्यमा तारा थपलिया, घरेलु हिंसा विरुद्धको समिति संयोजकमा सरस्वती बस्नेत र सदस्यहरूमा डा. सुष्मा तिवारी, ज्वाला पाण्डे, भारती जोशी, र्यापिड रेस्पोन्स टिममा डा. अमिता प्रधान, डा. सिता घिमिरे र ट्रेड युनियन सम्पर्क समितिमा भिमकला गैह्रेलाई जिम्मेवारी दिएको छ ।

पार्टीको चौधौँ महाधिवेशन पछि बनेको तदर्थ समितिले यथाशक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताउनुभयो । बैठकले प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम गर्ने, सङ्घको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मङ्गलादेवी सिंहको स्मृति दिवस मनाउने लगायतका निर्णयहरू गरेको र जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रदेश प्रशिक्षणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने अधिकार अध्यक्षलाई दिएको भण्डारीले जानकारी दिनुभयो ।

वर्तमान परिस्थितिमा महिलाका राजनीतिक, आर्थिक हक अधिकार लगायत समानता र सुरक्षाका विषयमा नेपाल महिला सङ्घ कसरी प्रस्तुत हुने, नेपाली काँग्रेसको नीति तथा सिद्धान्त लगायत महिला सुरक्षा र महिला सङ्घको आगामी कार्यदिशा सहित विभिन्न विषयहरूमा जानकारी गराउने उद्देश्यका साथ सातै वटा प्रदेशमा प्रशिक्षण गर्न लागिएको हो ।

बैठक पछि सङ्घका अध्यक्ष तथा सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटी महिला सङ्घको बैठक तथा भावी कार्य योजनाका बारेमा जानकारी गराएका छन् । भेटमा सभापति देउवाले नवगठित केन्द्रीय तदर्थ समितिका अध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । सङ्घलाई महत्त्वपूर्ण निर्देशन दिँदै आधा आकाश ढाक्ने महिलाहरूको सङ्गठन अझ सङ्गठित र जुझारु भएर आफ्ना हक अधिकारका लाग्नुपर्ने र विगतमा पार्टी निर्माणमा महिला सङ्घको अहम् भूमिका निर्वाह गरेको पनि देउवाले बताउनुभयो । सङ्घले प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिहरूको मनोनयन गर्ने कामलाई छिट्टै पुरा गरी सङ्गठनलाई गतिशील बनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज