Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी

Author Avatar साझा न्यूज 6th July 2023 , 12:13 PM
विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी

हेटौँडा, असार २१ गते । बागमती प्रदेश सभामा पेश भएको विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको छ ।  आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक आधार घण्टापछि सुरु भएको थियो ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका बारेमा उठेका प्रश्न जवाफ दिने प्रदेश सभाको कार्य सूची रहेको छ । प्रदेश सभा सदस्यहरुले मन्त्रीहरुले जवाफ दिएपछि पुरक प्रश्न गर्नेसमेत कार्यक्रम रहेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सभा बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि मङ्गलबार र बुधबार छलफल भएको हो ।

प्रदेशका मन्त्रालयहरु र निकायहरुको एकमुष्ट रुपमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि प्रदेश सभा बैठकमा भएको छलफल भएको थियो ।

बुधबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि विकास तथा पशुपन्छी मन्त्री डा. राजेन्द्र मान श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले आ–आफ्नो मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

प्रदेशका मन्त्रालय र निकायहरुको बजेटमाथिको छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुले बजेट पक्षपाती र असन्तुलित भएको, मुख्यमन्त्री र केही मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित गरी बजेट विनियोजन गरिएको भन्दै आवश्यकता, भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज