Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बर्दिया अस्पतालको दुर्दशा : उपकरण छन्, उपचार छैन

Author Avatar साझा न्यूज 21st July 2023 , 10:12 AM
बर्दिया अस्पतालको दुर्दशा : उपकरण छन्, उपचार छैन

बर्दिया, साउन ५ गते ।   बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ।

यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च गरेको छ तर दक्ष जनशक्तिको अभावमा दुई वर्षअघि नै सञ्चालनमा आउनु पर्ने एचडियु र आइसियु सेवा अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

विभिन्न पालिका तथा अस्पतालले ठुलो रकम खर्च गरेर बनाएको स्वास्थ्य उपकरणसहितको सुविधासम्पन्न पूर्वाधार सञ्चालनमा कहिले आउँछ भन्ने प्रश्नको जवाफ नै छैन बर्दिया अस्पतालसँग। साढे दुई करोडको लगानीमा बनेको अस्पताल भवन र एचडियु तथा आइसियु सेवा दक्ष जनशक्ति अभावले प्रयोगहीन अवस्थामा छन्।

बर्दिया अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवासकुमार पाण्डेले दैनिक सयौँको सङ्ख्यामा उपचार सेवा दिँदै आएको अस्पतालले सधैँ जनशक्ति अभाव झेल्दै आएको बताउनुभयो। नियमित उपचार सेवा प्रदान गर्न नै जनशक्ति अभाव रहेका बेला एचडियु र आइसियु सञ्चालन गर्न सम्भव नरहेको डा. पाण्डेको भनाइ छ। उहाँले समयानुकूल, जनसङ्ख्याको अनुपात र सेवाग्राहीको सङ्ख्या हेरेर राज्यले दक्ष जनशक्ति व्यवस्थापन गर्न सके मात्र नियमित उपचार सेवाका साथै विशेषज्ञसहितको एचडियु र आइसियु सेवा सञ्चालन गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, “अस्पतालमा जनशक्ति अभाव भएकाले पूर्ण रूपमा एचडियु र आइसियु कक्ष सञ्चालन गर्न नसके पनि बिरामीको सङ्ख्या बढी हुँदा सो कक्षबाट पनि उपचार सेवा दिँदै आएका छौँ। विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङलगायतका महत्वपूर्ण जनशक्ति उपलब्ध भए नियमित रूपमा एचडियु, आइसियु सेवा सञ्चालन हुन्छ।”

अस्पताल व्यवस्थापक अधिकृत मोविन बोहराले प्रयोगहीन रहेका उपकरण र पूर्वाधार सञ्चालनका लागि तालुकदार मन्त्रालयसँग अनुरोध गरेको जानकारी दिनुभयो। उहाँले एचडियु र आइसियु सेवा सञ्चालन हुन सके बिरामीलाई सहज हुने दाबी गर्नुभयो।

सेवाग्राही बढ्दै, जनशक्ति घट्दै  

अस्पतालको तथ्याङ्क अनुसार सेवाग्राहीको चाप बढ्दो छ। आर्थिक वर्ष २०७७/७८ मा ४५ हजार नौ सय जनाले उपचार सेवा लिएका थिए। आव २०७८/७९ मा एक लाख सात हजार ४७८ जना र आव २०७९/८० मा एक लाख पन्ध्र हजार ७१८ जनाले उपचार सेवा लिएका छन्।

पचास शय्याको बर्दिया अस्पतालमा ५९ जना जनशक्तिको दरबन्दी रहेको छ तर अहिले अस्पतालमा २३ जना मात्र कार्यरत रहेका छन्। डा. पाण्डेका अनुसार अस्पतालमा थप सेवा प्रदान गर्न  १५/२० जना मेडिकल अधिकृत र ४० जना नर्सिङ स्टाफ आवश्यक रहेको छ।

अस्पतालले ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी/इन्डोस्कोपी सेवा, प्रसूति तथा स्त्रीरोग, फिजियोथेरापीलगायतका सेवा प्रदान गर्दै आएको छ। बर्दिया अस्पतालका सूचना अधिकारी द्रोणविक्रम पन्थीले अस्पताल विकास समितिले ६०/७० जना जनशक्ति व्यवस्थापन गरेको भए पनि अस्पतालमा अझै जनशक्तिको अभाव रहेको बताउनुभयो। उहाँले जनशक्ति थप गर्न अस्पतालको स्रोतले नपुग्ने हुँदा प्रदेश वा स्थानीय तहले जनशक्ति व्यवस्थापन गरिदिए सेवा सञ्चालन गर्न सहज हुने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज