साझा न्यूज । कपिलवस्तु
कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित ताम्रेश्वर महादेवको मन्दिरको प्रचार प्रसारमा जोड दिने उद्देश्यले कपिलवस्तु क्षेत्र नं. ३ का नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले कृष्णनगरबाट मन्दिर परिसर सम्मको धार्मिक यात्रा सम्पन्न गरेका छन् ।
श्रावण महिनाको तेस्रो सोमवार पारेर नेता अभिषेक प्रताप शाह कृष्णनगर क्षेत्रबाट सयौं भक्तजनहरुको संख्यामा ताम्रेश्वर महादेव मन्दिरमा आई जल अर्पण गरी ताम्रेश्वर महादेवको दर्शन गरेका हुन् । कृष्णनगरबाट ठुलो संख्यामा पुर्व सांसद तथा नेता शाह सहित मोटरसाईकल र कारमा सयौंको संख्यामा भक्तजनहरु ताम्रेश्वर मन्दिर पुगेका थिए ।
प्राचीन भागीरथी हालको वाणगंगा नदीको रामघाटबाट जल भरेर तौलिहवा बजार परिक्रमा गरी पुर्व सांसद शाहको धार्मिक यात्रा सहितको टोली ताम्रेश्वर महादेवको मन्दिर पुगेको थियो ।

नेता शाहको यो धार्मिक यात्रालाई ताम्रेश्वर मन्दिर परिसरमा युवा नेता परमेश्वर पाठक, युवा व्यवसायी नित्यानन्द वर्मा, समाजसेवी सुनिल कौशल, युवा नेता अनुप कुमार पाण्डेय, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, वरिष्ठ पत्रकार गोपाल भण्डारी लगायतले स्वागत गरेका थिए ।
श्रावण महिनामा ताम्रेश्वर महादेवको दर्शन यात्राको यो कार्यक्रम पहिलो पटक नेता शाहले आयोजना गरेका हुन् । यसरी नै हरेक वर्ष भव्यताका साथ ठुलो संख्यामा क्षेत्र नं. ३ का भक्तजनहरुको साथमा श्रावण महिनामा ताम्रेश्वर महादेवको दर्शन तथा पुजाआजा गर्ने कार्यक्रम आयोजना गरिने नेता शाहले बताए ।

सो अवसरमा स्थानीय संचारकर्मीहरुसंग कुरा गर्दै पुर्व सांसद अभिषेक प्रताप शाहले स्थानीय तथा सीमावर्ती भारतीय जिल्लाहरुबाट पनि भक्तजनहरुको आगमनको संख्या बढाउन आफु लगायत कृष्णनगर क्षेत्रवासीहरु लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।
वर्षको १२ महिना नै भीड रहने यो ताम्रेश्वर महादेवको मन्दिरमा विशेष गरी साउन महिनाको सोमवार जर्लापणका लागी भक्तजनको ठुलो घुईचो लाग्ने गरेको छ । मन्दिरमा जलापर्ण गर्नेहरुले रातभर जाग्राम बसि बिहान स्नान गरि जलापर्ण गर्ने गर्दछन ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित ताम्रेश्वर महादेवको यो मंदीर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । संभवत नेपालकै शिवमंदीरहरुमा रहेको शिवलिंगहरु मध्ये सवै भन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मंदीरमा रहेको छ ।
तामे्रश्वर महादेवको मंदिरमा जल चढाउन कपिलवस्तु, रुपन्देही, दांग, अर्घाखांची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र वलरामपुर जिल्लाबाट समेत हजारौ दर्शनार्थीहरु यहा“को शिवलिंगमा पुजा गर्न तथा मेला गर्न आउने गरेका छन् ।
















































