Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वतन्त्र पार्टी बाढीको भेल जस्तै हो, आफै सुकेर जान्छ: मन्त्री आचार्य

Author Avatar साझा न्यूज 14th August 2023 , 9:55 PM
स्वतन्त्र पार्टी बाढीको भेल जस्तै हो, आफै सुकेर जान्छ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले अहिले उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र जितेकाहरु बर्खाको समयमा आउने बाढीको भेल जस्तै भएकोले केही दिन पछि आफै सुखेर जाने टिप्पणी गरेका छन्।

ठुला पार्टीहरुको कमजोरीले गर्दा जनताले तिनीहरुलाई जिताएर ठुला पार्टीलाई सचेत गराएको उनले बताए। कांग्रेस कपिलवस्तुद्वारा बुद्धभुमी नगरपालिका – २ गोरुसिंगेमा आयोजित विशेष आन्तरिक अभियानमा बोल्दै सो कुरा बताएका हुन।

‘कांग्रेस लगायतका ठुलो पार्टीको कमजोरीले जनताले सचेत गराउन तिनीहरुलाई मौका दिएका हुन’ उनले भने ‘तिनीहरु बाढीको भेल जस्तै आएका हुन, केही दिन मै आफै सुकेर जानेछन्।’

लोकतन्त्रकालागि केही योगदान नदिएका र पार्टीको कुनै इतिहास नभएकाले तिनीहरु आफै सुकेर जाने उनको भनाइ थियो।

उनले जनताको चाहना र जन भावना अनुसार भने ठुला दल चल्नु पर्ने बताए। बर्खा लगत्तै वर्तमान सरकार सुकुम्वासी समस्या समाधानकालागि गम्भीर भएर लाग्ने उनको दाबी थियो। उनले वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले सकुम्बासी समस्या समाधान गर्ने बताए।

वर्तमान गठबन्धनको सरकारले जन चाहना र जनहितको काम गर्ने गरी अघि बढेको उनले बताए। वर्तमान सरकारले भ्रष्ट्राचारका विभिन्न काण्डहरु खोल्दै गएको उनले सुनाए।

मन्त्री आचार्यले आफ्नो मन्त्रालयले मानव सूचकाङ्कमा कमजोर रहेको जिल्लाहरुमा विभिन्न आइएनजिओ र एनजिओले काम अघि बढाएको बताए। उनले कांग्रेस कमजोर भए मुलुकको राजनीति समेत अन्तै मोडिने जिकिर गरे। कांग्रेसका कार्यकर्ता र नेता एकजुट भएर जिम्मेवार बन्न आवश्यक रहेको उनको धारणा थियो।

उनले कांग्रेस आफ्नै कारणले कमजोर बनेको तर्क समेत गरे। मन्त्री आचार्यले कुनै बेला कपिलवस्तुमा मजबुत रहेको कांग्रेस आपसी मनमुटाव र गुटबन्दीले कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरे।

उनले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन आफ्नै पार्टीका नेता कार्यकर्ता लाग्दा र गुटबन्दीले गर्दा जिल्लामा विगतको तुलनामा कांग्रेस कमजोर बनेको धारणा राखे।

उनले विगतको कमीकजोरीलाई बिर्सेर नयाँ ढंगले अघि बढ्न आग्रह गर्दै आफ्नै पार्टीका नेताहरुलाई हराउन लाग्ने हो भने यो श्रृंखला चली रहने र पार्टी नै कमजोर बन्ने बताए। विगतको कमीकमजोरीलाई महसुस गरी कांग्रेसलाई एक नम्बर पार्टी बनाउनु पर्ने उनको भनाइ थियो।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले विगतका कुराहरुलाई बिर्सेर अब देखि नयाँ ढंगले अघि बढ्नु पर्ने बताए। उनले पार्टीबाटै टिकट पाएका आफ्नै नेतालाई आफ्नै पार्टीका नेताले हराउन छुट नहुने बताए।

उनले कांग्रेस एक ढिक्का भएर अघि बढ्नु पर्ने बताए। सो अवसरमा कांग्रेस लुम्बिनी प्रदेश उप सभापति मोहन प्रसाद श्रेष्ठ पार्टीका पूर्व केन्द्रीय सदस्य अतहर कमाल, पूर्व जिल्ला सभापति राजेश आचार्य लगायतले गुटबन्दी अन्त्य गरी ब्पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रम पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्तिसिंह ठकुरीको संचालनमा भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज