Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

Author Avatar साझा न्यूज 22nd September 2023 , 6:00 PM
आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

कपिलवस्तु, असोज ५ गते । कपिलवस्तुमा आयुर्बेदिक उपचारमा सेवाग्राहीको संख्या बढे पनि दरबन्दी ४० बर्ष अघि कै यशावत राखिएको छ । यस बर्ष बजेट पनि घटाइएको छ । । कोरोनाकाल यता आयुर्बेदिक उपचारमा सेवाग्राहीको संख्या निरन्तर बढदै गएको छ । सेवाग्राहीको संख्या बढे पनि कपिलवस्तुका आयुर्वेदिक उपचार केन्द्रहरुमा दरबन्दी उही पुरानै राखिएको र बजेट पनि घटाइएको छ ।
४० बर्ष यता कै दरबन्दी कै भरमा केन्द्रहरु चलेका छन । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले तौलिहवामा राखेको गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक समिक्षामा केन्द्रका प्रमुख डाक्टर नलिननाथ तिवारीले केन्द्रको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सेवाग्राहीको संख्या बढेको बेला बजेट घटदा समस्या आएको बताए । उनले गत आर्थिक बर्ष औषधी खरिदका लागि गत बर्ष १९ लाख बजेट आएकोमा चालु आर्थिक बर्ष ०८०÷०८१ कालागि ९ लाख बजेट बिनियोजन भएको बताए ।
‘ गत बर्षको बजेटले खरिद गरकोले औषधीले ८ महिना पुगको थियो, यस बर्ष ९ लाखले एक बर्ष औाषधी कसरी पुर्याउने हो’ उनले भने । आर्थिक वर्ष २०७९÷०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका छन् । जसमा महिला ४४ हजार ३२९ र पुरुष ३५ हजार ७ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएका हुन् । जसमध्ये केन्द्रबाट ५४ हजार २९७ जनाले सेवा लिएका हुन । बाकी नौ पालिकामा रहेका आयुर्वेद सेवा केन्द्रका सेवा लिएका हुन । आर्थिक वर्ष ०७७÷०७८ मा ४४ हजार सात सय १६ र आर्थिक वर्ष ०७८÷०७९ मा ७१ हजार ५६३ जनाले आयुर्वेद सम्बन्धी उपचार गराएका थिए ।
कपिलवस्तु आयुर्वेद सेवा केन्द्रमा कुल ७ दरबन्दी छन । त्यस मध्ये २ जना करारका छन । एक जनाको दरबन्दी खाली छ । ५ पालिकामा रहेको नागरिक आरोग्य केन्द्रमा एक जना प्राबिधिक र एक जना कार्यालय सहयोगी छन । गत बर्ष ती दुबैलाई प्रदेश सरकारले बजेट दिए पनि यस बर्ष प्राबिधिकलाई मात्र तलब खुवाउन बजेट बिनियोजन भएको तिवारीले बताए ।
लुम्बिनी आयुर्बेद चित्किसालयका प्रमुख डाक्टर प्रबेस श्रीवास्तवले आयुर्बेद केन्द्रका लागि जिल्लाका पालिकाहरुले पनि सहयोग गर्नु पर्ने बताए । उनले बजेट र दरबन्दीका लागि दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताए । उनले केन्द्रहरुमा सशूल्क फार्मेसी सेवा, स्वास्थ्य बिमाको कार्यक्रम समेत चालु गर्ने तयारी गरिएको बताए । उनले कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा १५ बेडको अस्पताल निर्माण भईरहेको र चालु आर्थिक बर्षमा निर्माण हुने बताए ।
नसर्ने रोगका लागि आयुर्वेद उपचारमा सरकारले प्राथमिकता दिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सीमित साधन श्रोतमा केन्द्रले राम्रो उपचार गरेको बताए । उनले केन्द्रको आवश्य बजेटका लागि आफुले पालिकाहरुमा पहल गर्ने बताए ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कोरोना काल पछि आयु्र्वेद प्रति जनातको आकर्षण बढेको बताए । उनले थोरै बजेटमा यधि धेरै सेवा दिनु आफैमा प्रशंसनीय काम गरेको बताए । उनले आफनो पालिकाले यस बर्ष केन्द्रका लागि ५ लाख बजेट बिनियोजन गरेको बताए । उनले थप सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।
प्रजिअ जन चेतनको कमीले बिगतमा आयुर्बेद प्रति चासो नदिए पछि अहिले भने बिश्वास बढदै गएको बताए । उनले सरकारले बजेट र दरबन्दीमा पुर्नबिचार गर्नु पर्ने बताए । कार्यक्रम केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भट्टराईको अध्यक्षता र हरिलाल पाध्याको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज