तौलिहवा, असोज २६ गते । कपिलबस्तुको मायादेवी गाँउपालिका अन्र्तगतका नटुवा समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बिद्यालय निरन्तरताको लागि नटुवा समुदायका ३५ जना बालबालिकाहरुलाई सनशाईन समाजिक बिकास संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको हो ।
संस्थाका सामुदायिक बिकास अधिकृत जितेन्द्र चौधरीका अनुसार सर्ट पाईन्ट एक सेट, जुत्ता एक सेट, कापी, कलम, पेन्सिल एक एक दर्जन, साबुन, ब्रस, टुथपेस्ट लगायत समाग्रीहरु वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कुनै पनि बालबालिकाहरु पढाईबाट बन्चित हुन नपरोस भन्दै संस्थाले सहयोग गरेको हो ।’
“संस्थाले एक महिना अगाडी बिद्यालय जाने नटुवा समुदायको बालबालिकाको तथ्यांक लिएको थियो,” उहाँले भन्नुभयो, “जस अन्र्तगत कापी कलम ड्रेसहरु नभएरा बिद्यालय निरन्तर नजाने गरेको पाईएको हो ।”
संस्थाका कार्यक्रम संयोजक बद्री शर्माका अनुसार नटुवा समुदायमा मागेर खाने परम्परालाई अन्त गर्नका त्यहाँका अभिभावकहरुलाई संस्थाले आयआर्जनमा पनि सहयोग गरेको बताउनुभयो ।
















































