Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अरु सामाजिक सञ्जाल बन्द गर्ने गृहकार्यमा सरकार

Author Avatar साझा न्यूज 29th November 2023 , 9:32 PM
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले अरु सामाजिक सञ्जालमाथि पनि निगरानी बढाएको छ । जसले समाजिक सञ्जालप्रति वर्तमान सरकार झन् कठोर बन्ने देखिएको छ ।

गत कात्तिक २७ गते सरकारले सामाजिक विकृति र विसङ्गती फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगायो । टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना भन्दा बढी प्रशंसा भएपछि सरकार अन्य सामाजिक सञ्जाल पनि बन्द गर्न हौसिएको हो । टिकटकपछि सरकारले टिकटक जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि प्रतिबन्धको तयारी गरिरहेको छ ।

सरकारले बिगो लाईभ, स्न्यापच्याट, लाइकी टीन्डर र टेलीग्रामजस्ता सामाजिक सञ्जालमाथि निगरानी सुरु गरेको हो । प्रधानमन्त्री कार्यालयले विज्ञहरुसहितको टोली नै बनाएर यस्ता सामाजिक सञ्जालहरुमाथि निगरानी गरिरहेको बुझिएको छ । यस्ता एपहरुको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेको बुझिएको छ ।

मन्त्रिपरिषद्बाट सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धि निर्देशिका पारित गरेर सरकार सामाजिक सञ्जालप्रति कठोर बनेको हो । सरकारी रवैया नियमन गर्ने भन्दा पनि सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन बढी उत्साहित रहेको पाइएको छ । सरकारले निगरानीमा राखेको बिगो लाइभ र लाइकी सिङ्गापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एपहरू हुन् भने टेलिग्राम रुसी म्यासेजिङ एप हो ।

यो एप पनि फेसबुकको मेसेन्जर जस्तै समूहमा कल र मेसेज गर्न मिल्ने गरी बनाइएको छ । यस्तै, युवापुस्ताले निकै नै रुचाएको अर्को मेसेजिङ एप स्न्यापच्याट र अनलाइन डेटिङ एप टिन्डर भने अमेरिकी हुन् । टीकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौति दिँदै सर्वोच्च अदालतमा एक दर्जन बढी रिट निवेदन दर्ता भएपछि सर्वोच्चले कारण देखाऊ आदेश मात्रै दिएको छ । आधुनिक प्रविधिको नकारात्मक पक्ष मात्रै छैन ।

सामाजिक सञ्जालहरुले मानिसहरुबीच सूचना आदानप्रसाद, उत्पादनहरु तथा व्यापारको प्रचार प्रसार लगायत थुप्रै विषयलाई सहज पनि बनाएको छ । सरकार, सरकारी अधिकारीहरुका कमी कमजोरी पनि सामाजि सञ्जालबाट भाइरल हुने हुँदा सरकार आलोचना रोक्नका लागि संजाल बन्द गर्न उत्साहित भएको त होइन भन्ने आमबुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

भर्खरै प्रकाशित

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज