Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बम्जन पक्रने ‘अपरेसन ब्लू’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियाे पक्राउ

डिएसपी भण्डारी भेपबाट ल्याइएको ९ किलो र त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान सिलसिलामा गत भदौमा दिल्ली पुगेका थिए।

Author Avatar साझा न्यूज 10th January 2024 , 10:03 PM
बम्जन पक्रने ‘अपरेसन ब्लू’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियाे पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी।

उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम विस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।

 


 

उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बम्जनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका(६ हात्तीगौंडा पुगेका थिए।​

बम्जनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बम्जन हो। तर, उनी रामबहादुर बम्जन, तपस्वी बम्जन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए।

भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बम्जनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्यूरोले बम्जनको खोजी नगरेको भने होइन। सिन्धुलीस्थित आश्रममा प्रहरी छापा मार्न पुग्दा बम्जन भेटिएका थिएनन्।

हालसालै भने बमजन बुढानिलकण्ठ क्षेत्रमा आउने(जाने गर्छन् भन्ने सूचना ब्यूरोमा आएको थियो। यसपछि ब्यूरोले भण्डारीको नेतृत्वमा बम्जन खोजीलाई ‘अपरेसन ब्लू’ नाम दिएर टोली खटायो।

खासमा यो ‘अपरेसन ब्लू’को शब्दार्थ केही होइन। विशुद्ध रूपमा ‘सेक्युरिटी मेन्टेन’ गर्नका लागि ब्यूरोले दिएको ‘कोडिङ’ नाम हो।

‘कुनै पनि अपरेसन चलाउनका लागि हामी आन्तरिक रूपमा केही कोडिङ गर्छौं, जसबारे त्यो अपरेसन टोलीलाई मात्रै थाहा हुन्छ,’ ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘यो सेक्युरिटी मेन्टेन गर्नका निम्ति मात्रै हो, अरू कसैले थाहा नपाउन् भनेर हो।’

‘अपरेसन ब्लू’ सक्रिय भएपछि डिएसपी भण्डारी बम्जनको खोजीका लागि विभिन्न टेक्निकल अनुसन्धानमा जुटिरहेका थिए। ‘हिजो दिउँसोसम्म बम्जन त्यहाँ छन् भन्ने थाहा थिएन, अचानक पत्ता लागेको हो,’ आचार्यले भने।

आचार्यका अनुसार बम्जन बसेको भिरालो जमिनमा रहेको चार तले घर पत्ता लागेको भन्दै भण्डारीले जब खबर गरे, अपरेसनका लागि टोली तयार पारियो।

प्रहरीले मंगलबार बेलुका सवा ७ बजे बमजन बसेको घरमा घेरा हाल्यो।

डिएसपी भण्डारी घरभित्र छिर्नुअघि पहिलो तलामा नै उनकी श्रीमतीले अवरोध पुर्‍याइन्। उनका दुई छोराछोरी चिच्याउन थाले।

बाहिर चारैतिर प्रहरीले घेरा हालिसकेको थियो। भण्डारी श्रीमतीलाई पन्छाउँदै बम्जनलाई समात्न घरभित्र छिरे।

बम्जन त्यसबेला दोस्रो तलामा थिए। भण्डारी पुगेपछि तेस्रो हुँदै घरको चौथो तलामा पुगे।

त्यहाँबाट उनी भिरालोतर्फको जग्गामा हाम फाले। ‘त्यो करिब एक तलाभन्दा अलि बढी उचाइबाट हो,’ आचार्यले भने।

भण्डारी नेतृत्वको टोलीका सदस्य बम्जन हाम फालेको तलामुनि छँदै थिए। भाग्छन् भनेर टोलीका सदस्य पनि बम्जनलाई समात्न चौथो तलाबाट हाम फाले।

त्यतिको उचाइबाट हाम फाल्दा पनि बम्जन थुचुक्क भएनन्।

त्यसबेला अलिकति मात्रै कमजोरी भएको भए बम्जन फुत्किन पनि सक्थे र प्रहरीलाई अर्को आक्षेप लाग्न सक्थ्यो, बम्जन पक्रन प्रहरी असफल अथवा प्रहरी कमजोरीले बम्जन भागे।

किनभने, प्रहरीले २०७६ सालदेखि बम्जनलाई खोजी गरिरहेको थियो । उनका केही आश्रममा छापा मार्दा बम्जन भेटिएका थिएनन्। उनी चतुर्‍याइँपूर्वक प्रहरीबाट छलिइरहेका थिए।

उनलाई पक्राउ गर्न त्यति सजिलो छैन भन्ने प्रहरीको पूर्व आँकलन नै थियो।

डिएसपी भण्डारीले कुनै मौका दिएनन् र अन्तत बम्जनको हातमा हतकडी लगाएर गाडीमा कोचे।

‘बम्जन पहिलेदेखि नै बुढानिलकण्ठमा बस्छन् भन्ने चाहिँ सुन्नमा आएको तर त्यही र घरमै छन् भन्ने भेरिफाई भएको हिजै हो,’ आचार्यले भने।

बम्जन बस्ने ठाउँ यकिन गर्नका लागि त्यही घर चाहिँ महत्वपूर्ण सूचना बन्यो। जहाँ बम्जनले आफ्नी श्रीमती, ९ वर्षका छोरा र २ वर्षकी छोरी राखेका थिए। साथसाथै, आफूले आर्जन गरेको केही सम्पत्ति पनि उनले त्यही घरमा थन्क्याएको पाइएको छ।

श्रीमतीको मोबाइल फोन कन्ट्याक्ट भेरिफाई गर्दै जाँदा बमजन फेला परेका हुन् । आचार्य भन्छन्, ‘अनुसन्धानका क्रममा विभिन्न कुराहरू भेरिफाई गर्दै जानुपर्ने हुन्छ, यसमा हामीले धेरै मेहनत गरेका थियौं।’

त्यो घर बम्जन आफैंले खरिद गरेको हो वा कसैले बस्न दिएको हो भन्नेबारे खुलिसकेको छैन। ‘त्यो घरबारे हामीले अनुसन्धान गरेकै छैनौं, पहिले व्यक्ति पत्ता लगाउने, पक्रने र सम्बन्धित निकायमा बुझाउने काम मात्रै भएको छ,’ आचार्यले भने।

तर, एक अधिकृतका अनुसार बम्जनको संस्थाले त्यो घर खरिद गरेको हो भन्ने बुझिएको छ। ‘बयानमा उनले आफ्नो नभएर संस्थाले किनिदिएको भन्ने गरेका छन्,’ ती अधिकृतले भने।

बम्जन त्यहाँ व्यवस्थित साथ स्थायी रूपमै बस्न थालेका हुन् भन्ने प्रमाणहरू भेटिएका छन्। बम्जनको घरमा सुविधा सम्पन्न गाडी फेला पर्नु, तीन करोड बढी रकम फेला पर्नुले त्यसको पुष्ट्याइँ गर्छ।

अझ, बम्जन बसेको घरभित्रै शारीरिक अभ्यासका लागि खोलिएको ‘क्लब’ जस्तै सुविधा सम्पन्न जिमखाना छ। जहाँ, बम्जन शारीरिक अभ्यास गर्थे।

चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बम्जन प्रहरीको खोजीमा थिए।

२०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बम्जनको खोजीमा प्रहरी लागिरहेको थियो।

बम्जनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। आचार्यका अनुसार यो मुद्दाको अनुसन्धानका लागि बम्जनलाई सर्लाही पठाइएको छ।

बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ। तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ।

नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन।

यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा।  हेटौंडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए।

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्।

यसैगरी, बम्जनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्।

उनी निजगढ नगरपालिका ९१२ खुमजोरस्थित बम्जनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका- १५ बडहर्वाका हुन्।

‘बेपत्ता व्यक्तिहरूबारे खोजी तथा अनुसन्धान सुरू गर्दैछौँ, अहिले हालसम्म दर्ता भएको मुद्दाको अनुसन्धानका लागि सर्लाही पठाइएको हो,’ आचार्यले भने।

प्रहरीले बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला पारेको थियो।

ब्यूरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ।  बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। उनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रूपैयाँ बरामद भएको ती अधिकृतले बताए।

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश-३-०१-०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ।

यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर ९२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।

उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ।

उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्यूरोले जनाएको छ।

बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्।

डिएसपी भण्डारी भेपबाट ल्याइएको ९ किलो र त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान सिलसिलामा गत भदौमा दिल्ली पुगेका थिए।
सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि भण्डारीलाई ब्युरोले भारत पठाएको थियो। वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करीले चर्चित थिए।

सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८.५३५ किलोग्राम सुनसहित पक्राउ गरेको थियो। अपरेसन ‘मोल्टेन मेटल’ चलाएर विभागले वाङलाई पक्राउ गरेको थियो।

भण्डारीले केही समय त्यसबारे बुझे। तर, वाङ कहाँ छन् पत्ता भने लागेन। उनी सुन तस्करीमा संलग्नताका थुप्रै ‘क्लू’हरू बोकेर डिएसपी भण्डारी फर्किए। वाङलाई पक्राउ गर्न इन्टरपोललाई चिठी नै लेखिएको छ। समाचार इकागज डट.कम.मा प्रकाशित भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज