Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकार असफल भइसक्यो : महासचिव पोखरेल

Author Avatar साझा न्यूज 15th January 2024 , 5:55 PM
सरकार असफल भइसक्यो : महासचिव पोखरेल

नेपालगन्ज, माघ १ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल बाँकेले सोमवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हरेक दृष्टिकोणबाट यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ, कुनै पनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन ।’

महासचिव पोखरेलले एकातिर परिवर्तनको मूल्य र मान्यता आधारमा सरकार अगाडि बढ्न नसकेको अवस्था रहेको उल्लेख गर्दै अर्कोतिर सरकारकै कमजोरीका कारण अतिवादी शक्तिले टाउको उठाउने मौका पाएको बताउनुभयो ।

उहाँले सरकारकै असक्षमताका कारण देश बैदेशिक शक्तिको चलखेल गर्ने नेपाल क्रिडास्थल बनेको आरोप लगाउनुभयो । महासचिव पोखरेलले थप्नुभयो, ‘भर्खरै भारतीय विदेशमन्त्री आएको बेला सरकारले एउटा परियोजनामा बजेटरी प्रणालीभन्दा बाहिर गएर २० करोडसम्म खर्च गर्न दिने भनि हस्ताक्षर गरेर आफु निरिह र असक्षम भएको प्रमाणित गरेको छ ।’

उहाँले गठबन्धनको संस्कृतिले देश अगाडि बढ्न नसक्ने जनाउँदै यो संस्कृतिकै कारण सबैभन्दा बढी जनादेश भएको पार्टी र दलले जनताको सेवा र देश विकास गर्न नपाउने अवस्था आउने गरेको बताउनुभयो ।

एमालेलाई सत्तामा जाने कुनै हतार र लोभ नरहेको प्रष्ट पार्दै महासचिव पोखरेलले एमाले सधैं जनताको समस्या र देशको विकासका लागि चिन्तित हुने पार्टी भएको बताउनुभयो ।

मध्यपहाडी राजमार्गमा आयोजना भएको संकल्प यात्रामा जनताले अभूतपूर्व रुपमा साथ र सहयोग दिएको उहाँले दावी गर्नुभयो । नेता पोखरेलले अब छिट्टै हुलाकी राजमार्गमा पनि संकल्प यात्रा निकाल्ने तयारी भइरहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणबारे सोधिएको जिज्ञासामा उहाँले एक पटक गरिएको गल्ती फेरि गर्न नहुने बताउनुभयो । सो अवसरमा एमालेका पोलिटव्युरो सदस्यहरु सुजिता शाक्य र खेममान खड्का, केन्द्रीय सदस्यहरु मोहम्मद हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल र सूर्य ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज