साझा न्यूज । कपिलवस्तु
शहिद दिवसको अवसर पारेर नेपाली कांग्रेसले मंगलवार सांझ ज्ञात अज्ञात शहिदहरुको स्मरण गर्दै दीप प्रज्वलन गरेको छ । नेपाली कांग्रेस कपिलवस्तु नगर समितिको आयोजनामा तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय चौक अगाडी दीप प्रज्वलन गरिएको छ ।
यसै गरी नेपाली कांग्रेस यशोधरा गाउंपालिकाको आयोजनामा यशोधरा गाउंपालिकाको मर्यादपुरमा दीप प्रज्वलन गरिएको छ ।
नेपाली कांग्रेस कपिलवस्तु नगर समितिका सभापति खुर्सेद अहमद खांको सभापतित्वमा तौलिहवामा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, समाजसेवी डा.केपी शर्मा जोनसोन, नेपाली कांग्रेसका नेताहरु गंगा विष्ट, राम भजन कलवार, वडा नं. १ का वडा अध्यक्ष जाहिद खां लगायतको उपस्थिति रहेको थियो ।

यसै गरी मर्यादपुरमा आयोजित कार्यक्रम नेपाली कांग्रेस यशोधरा गाउं समितिका अध्यक्ष जगदीश पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला नेता परमात्मा पाठक, क्षेत्रीय सभापति गिरिजेश कुमार पाण्डेय, राम आशीष पाण्डेय, शोहरत तेली, करीम खां, राकेश पाठक, युवा नेता ईसान पाठक लगायतको उपस्थिति रहेको थियो ।
















































