Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देश बनाउन एमालेको बहुमत सरकार चाहिन्छ : अध्यक्ष ओली

Author Avatar साझा न्यूज 8th February 2024 , 7:10 PM
देश बनाउन एमालेको बहुमत सरकार चाहिन्छ : अध्यक्ष ओली

गाौर, माघ २५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमत सरकारले मात्र देश विकास गर्न सक्ने बताउनुभएको छ ।एमाले रौतहटको १०औँ जिल्ला अधिवेशनको बिहीबार गरुडाको श्रीराम सुगरमिलको मैदानमा आयोजित उदघाटनसत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले गठबन्धनको सरकारबाट देशको विकास सम्भव नरहेको बताउनुभयो । अध्यक्ष ओलीले मिसन २०८४ को ध्यानमा राख्दै पार्टीको आन्तरिक एकता कायम गरेर, पार्टीको सङ्गठन विस्तार गरेर पार्टीको नेता तथा कार्यकर्ताहरू जनताको माझमा जान आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले जनतालाई विभिन्न तत्त्वले भ्रमित पार्न सक्ने भएकाले त्यस्ता भ्रमबाट मुक्त गरेर जनताको इच्छा आकाङ्क्षा पूरागरी ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्नतर्फ कार्यकर्तालाई काम गर्न आग्रह गर्नुभयो ।

एमाले सरकारमा हुँदा थालिएका विकास निर्माणका आयोजनालाई ठप्प पारेको अहिलेको गठबन्धनको सरकारले कुनै नयाँ काम नगरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले अरूलाई रिझाउने होइन, नेपाललाई आवश्यक पर्ने सबै योजना सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रमस्थल श्रीराम सुगर मिल्स सञ्चालनका लागि आफू प्रधानमन्त्रीसँग कुरा गरेर यहाँ बन्द रहेका उद्योग कलकारखानालाई सञ्चालनमा ल्याइ सयौँ बेरोजगार युवालाई रोजगारीको व्यवस्थापन गराउने स्पष्ट पार्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारको समयमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यालाई घटाएको दाबी गर्नुभयो ।

एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनको उदघाटनसत्रलाई एमाले  सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य कोशी प्रदेश प्रमुख रघुवीर महासेठ, पोलिटब्युरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, पूर्व सांसद रेखा झालगायतका वक्ताले जिल्ला अधिवेशनको सफलताको शुभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज