कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ। मृत्यक मध्ये ७ जना पुरुष र ३ जना महिला छन्।
रौतहट औराही ३ का ४६ वर्षीय नारायाण बहादुर भण्डारी, नेपाली सेनाको कालिजंग गण गोरुसिगेमा कार्यरत सल्यान सौनिक हल ३ का कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको यस अघि नै सनाखत भइसकेको छ।
त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको थियो।
त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्नेविमला देवि भट्टको परिचय खुलेको छ।
महेन्द्रनगरबाट काठमाडौका लागि यात्रु लिएर हिडेको सुनौलो महाकाली यातायातको यात्रुबाहक रात्री बस कपिलबस्तुको सुराही नालामा दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उक्त सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको उक्त रात्रीबस बाटोबाट २ सय मिटर तल खसेको हो।
दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल र अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले बताए।
















































