काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्मद अड्नान लखानी रहेका छन्। फ्लाई दुबईको जहाजमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
















































