Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकाको सिकोटवा गाउंमा झाडा पखाला फैलियो

१ जनामा शंकास्पद हैजा संक्रमण देखियाे

Author Avatar साझा न्यूज 4th April 2024 , 1:57 PM
कपिलवस्तु नगरपालिकाको सिकोटवा गाउंमा झाडा पखाला फैलियो

हैजा तथा झाडा पखालाको विरामी देखा परेको कपिलवस्तु नगरपालिका वडा नं. ३ को सिकोटवा गाउं

साझा न्युज । कपिलवस्तु

कपिलवस्तु नगरपालिका वडा नं. ३ सिकोटवा गाउंमा झाडा पखाला तथा हैजाका विरामीहरु देखा परेका छन् । विगत ४।५ दिन यता सो गाउंका केही घरमा झाडा पखालाका विरामीहरु देखिएका थिए । ति विरामीहरु मध्ये २ जना एन्टीजेन परीक्षण गर्दा १ जनामा शंकास्पद हैजा देखिएको छ ।

झाडा पखालाका विरामीहरुको संख्या बढ्न थाले पछि गाउंमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली सिकोटवा गाउंमा परिचालन गरिएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए ।

सो गाउंबाट झाडा पखालाका विरामीहरु अस्पताल आएको र उनीहरुको सघन ढंगबाट उपचार भई रहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विपिन जयसवालले बताए । अस्पताल आएका कुनै पनि वान्ता तथा झाडा पखालाका विरामीहरुलाई छुट्टै राखेर विशेष ढंगबाट उपचार गर्न स्वास्थ्यकर्मीहरुको एक स्पेशल टोली परिचालन गरेका छौं, “मे.सु.डा.जयसवालले भने, दुषित खानेपानी र सरसफाई अभावका कारण यस प्रकारको रोगहरु देखिएको हुन सक्छ ।”

कालिका स्वावलम्वन सामाजिक केन्द्रले डब्लु.एच.एच.सहयोगमा उपलब्ध गराएकाे पानी जांच्ने किट तथा केमिकल र स्वयंसेवीहरूबाट सिकाेटवा गाउंका घर घरमा अहिले खानेपानीको शुद्धता चेक जांच गरिरहेका छन् ।

नगर प्रमुख सुदीप पौडेलको निर्देशनमा तत्काल रोगग्रस्त गाउंमा नगरपालिकाबाट आवश्यक स्वास्थ्य सामाग्रीहरु सहित स्वास्थ्यकर्मीको टोली खटाईएको छ ।

उनीहरुले स्वास्थ्य सल्लाह सहित मास्क, सेनिटाईजर, सावुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । विरामी भएका घर परिवारको अनुगमन गर्दा उनीहरुले प्रयोग गर्ने शौचालय व्यवस्थित नभएका कारण त्यहांबाट हैजाको किटाणुहरु फैलिएको कपिलवस्तु नगरपालिकाकी स्वास्थ्य शाखाकी निमित्त प्रमुख उमा थापाले बताईन् ।

कपिलवस्तु जिल्लालाई पुर्ण खुलामुक्त जिल्ला घोषणा गरिए पनि शौचालयको प्रयोग नहुनु, प्रयोग भए पनि व्यवस्थित नहुनु, खानेपानी दुषित हुनु, स्वास्थ्य सम्वन्धी बानी व्यवहारमा ध्यान नदिईनु जस्ता कारणबाट जिल्लामा पटक पटक झाडा पखाला तथा हैजा जस्ता प्रकोपहरु देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज