बरुण आचार्य । साझा न्यूज
गोरुसिंगे (कपिलवस्तु) । २१ औं राष्ट्यि धान दिवस बुद्धभूमि नगरपालिकाले पनि धुमधामका साथ मनाएको छ । बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगे स्थित धान खेतमा सामुहिक रुपमा धान रोप्दै धान दिवस मनाईएको हो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव श्रेष्ठ, उपप्रमुख मीरा चौधरी लगायत वडा अध्यक्षहरु र कार्यालयका कर्मचारी तथा नगरका अगुवा नागरिकहरुको उपस्थितिमा धुमधामका साथ धान दिवस मनाईएको छ ।
हरेक वर्ष अषाढ १५ लाई राष्ट्यि धान दिवसको रुपमा देशभर विभिन्न कार्यक्रम गरेर मनाईन्छ । यस दिनमा दही च्युरा खाने प्रचलन रहेको छ । कार्यक्रममा सहभागी सवैलाई हदी च्युरा खुवाएर एक अर्कामा पर्वको खुशीयाली साटेका थिए ।
कार्यक्रममा वडा नं. १ बसन्तपुरका चेली पन्चेबाजा समूहले पन्चे बाजा बजाएर कार्यक्रमलाई भव्य गराएका थिए । सो अवसरमा नगर प्रमुख केशव श्रेष्ठले नगरपालिका क्षेत्रका उत्कृष्ट ७ जना कृषकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमको अन्तमा पन्चेबाजाको लयमा नगर प्रमुख श्रेष्ठ लगायत सवै सहभागीहरु नाचेर पर्वको अवसरमा रमाईलो गरेका थिए ।
















































