नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र जोगाउने पहिलो जिम्मेवारि आफूहरूको भएको बताएका छन् ।
मङ्गलबार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “नेपाल अहिले एकदमै गणतन्त्रात्मक देश छ । यसलाई सफल पार्नु खासगरी हामी सबैको कर्तव्य हो । त्यसमा पनि पहिलो जिम्मेवारी नेपाली कांग्रेसको हो,” उनले भने ।
उनले कोइरालाले गणतन्त्र स्थापनाका लागि ठूलो योगदान गरेको बताए ।
















































