Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विओपीकै संरक्षणमा कपिलवस्तुको सीमा क्षेत्रबाट कवाड तस्करी

Author Avatar साझा न्यूज 4th August 2024 , 7:46 PM
विओपीकै संरक्षणमा कपिलवस्तुको सीमा क्षेत्रबाट कवाड तस्करी

काठमाण्डौं, पोखरा, नारायणगढ लगायतका स्थानबाट ल्याईएको कवाड सामाग्री संग्रह स्थल, शुद्धोधन गाउंपालिका ५ गनवरिया

साझा न्यूज । कपिलवस्तु

शशस्त्र प्रहरी बल नेपाल विओपी हथिहवाको संरक्षणमा शुद्धोधन गाउंपालिका क्षेत्रको नेपाल भारत सीमावाट कवाडी सामानहरुको भारत तर्फ तस्करी भई रहेको छ ।

कवाडी व्यवसायीहरुले पछिल्लो समय शुद्धोधन गाउंपालिका वडा नं. ५ को गनवरियामा कवाड सामाग्रीहरु संग्रह गरी राखेका छन् ।

कारोवारीहरुले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र शशस्त्र प्रहरीसंगको सेटिंग मिलाएर कवाड सामाग्री भारत तर्फ निकासी गर्दै आएका छन् । शुद्धोधन गाउंपालिकाको गनवरिया गाउं नजिकै स्टक गरेको कवाड सामाग्रीहरु ट्याक्टर, ठेला र मोटरसाईकलमा सीमा पार गरी भारतीय क्षेत्र सम्म पुर्याईन्छ ।

नेपालका काठमाण्डौं, पोखरा, नारायणगढ लगायतका स्थानबाट संकलन गरिएको कवाडलाई अवैध रुपमा भारतीय बजार सम्म पुर्याउने यो कार्यमा विशेष गरी भारतीय व्यवसायी संलग्न छन् ।

उनले नवलपरासीका कवाड व्यवसायी सुरज चमारको नाममा फर्म दर्ता गरेर नेपाल तर्फ कवाड सामाग्री संकलन र कपिलवस्तुको शुद्धोधन गाउंपालिका वडा नं. ५ गनवरिया नजिक सीमा क्षेत्र सम्म ल्याउने गरेका छन् ।

नेपाली व्यवसायीको आडमा भारतीय व्यवसायीले सीमा क्षेत्रमा खटिएका प्रहरी प्रशासनलाई मिलाएर ठुलो धन्धा चलाएका छन् ।
शशस्त्र प्रहरीको विओपी हथिहवाले पनि मासिक रुपमा रकम असुल गरे पछि यो अवैध कारोवार प्रति मौन छ ।

कवाड सामाग्री भारत तर्फ निकासी गर्ने ठेकेदार भारतीय नागरिकले भने आफुले सवैलाई मिलाएर काम गरिरहेको बताए ।

स्थानीय प्रहरी चौकी, शशस्त्र प्रहरी लगायत सवैलाई मासिक रुपमै केही रकम दिएर कारोवार संचालन गरेको उनले दाबी गरे ।

मासिक के कति रकम कसलाई दिएको भनेर संचारकर्मीहरुले सोध्दा उनले भने, “यसरी दिएको रकम म खोल्दिन, कसैको मान प्रतिष्ठा र गोप्यताको कुरा हुन्छ ।” तर सवैलाई खुशी गराएर काम गरेको छु, उनले भने ।

शुद्धोधन गाउंपालिका ५ गनवरियाबाट अवैध ढंगले भारतीय बजार धनगढवा लैजाने तयारीमा लोड गरि राखिएको ट्रयाक्टर

काठमाण्डौं, पोखरा, नारायणगढ लगायतका स्थानबाट ट्कमा लोड गरेर यहां प्लाष्टिक र फलामजन्य कवाड वस्तुहरु ल्याईन्छ । यहां ल्याईएका कवाड सामाग्रीहरुलाई बोरामा प्याक गरेर सीमा पार गर्न स्थानीय सर्वसाधारणलाई समेत मिलाईएको छ ।

नजिकै रहेको शशस्त्र प्रहरी बल नेपाल विओपी हथिहवा भने यस्तै अवैध धन्धा संचालन भईरहे पनि मौन देखिएको छ । शशस्त्र प्रहरी बल नेपाल हथिहवा विओपीका ईन्चार्ज शशस्त्र प्रहरी निरिक्षक सुधिर बहादुर खड्काले भने अवैध ढंगबाट कवाड भारत निकासी प्रकरणमा आफुहरुको संलग्नता नभएको दावी गरे ।

तर उनले यस्तो दावी गरे पनि यहांबाट निरन्तर रुपमा अवैध ढंगबाट ट्याक्टरमा लोड भएर यहां डम्पिंग गरिएको कवाड सीमा पार गरी भारत तर्फ पुगिरहेको छ ।

सीमा क्षेत्रमा सुरक्षा र सीमा तस्करी नियन्त्रणका लागि स्थापना गरिएको शशस्त्र प्रहरीको विओपी हथिहवा

कारोवारीहरुले भारतीय बजार धनगढवा नजिकै करीब ५ सय मिटर पश्चिम दक्षिण तर्फको एक बगैचामा लगेर कवाड संग्रह गरी राख्ने गरेका छन् । यसरी भारतीय बजार धनगढवा पुगेको कवाडलाई भारतीय व्यवसायीले कवाड प्रशोधन गरिने भारतीय उद्योग सम्म पुर्याउने गरेका छन् ।

यस्तो धन्धा संचालन भैरहदा पनि विओपी ईन्चार्ज शशस्त्र प्रहरी निरिक्षक खड्का मौन देखिएका छन् । उनलाई समेत मासिक रुपमा रकम दिने गरेको कवाड व्यवसायीले बताएका छन् ।

नेपाल तर्फबाट अवैध ढंगबाट कवाड लोड गरेर सीमा पार गर्दै गरेको २ वटा ट्याक्टरलाई आफुले पक्राउ गरी भारतीय सीमा सुरक्षा वलको सीमा कार्यालय कक्रहवा बुझाएको सीमा क्षेत्रमा खटिएका एक एसएसवीका अधिकारीले बताए ।

नेपाल भारत सीमा पारीको धनगढवा बजार नजिकै एक बगैचामा नेपालबाट अवैध ढंगबाट लगिएको कवाड सामाग्री संग्रह गरी राखिएको अवस्थामा

केही दिन यता पानी परेका कारण सीमा क्षेत्रको बाटो हिलाम्य भएका कारण भने यो कारोवार केही दिनका लागि रोकिएको छ ।

यो खबर केही महिना पहिले आफुले पनि पाएको र यसलाई नियन्त्रणका लागि जिल्ला स्तरीय वैठकमा आफुले कुरा उठाएको सुठौली भंसार कार्यालयका प्रमुख नारायण गैरेले बताए ।

हथिहवा छोटी भंसार कार्यालय हाल संचालन नआएका कारण सो क्षेत्रमा हुने यस प्रकारका अवैध गतिविधी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुसंग समन्वय गरी काम भई रहेको सुठौली भंसार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज