साझा न्यूज । तौलिहवा
कपिलवस्तु अस्पतालका मे.सु.डा. किशोर वन्जाडेको कोशी अस्पतालमा पुनः सरुवा भएको छ । संघीय स्वास्थ्य मन्त्रालयको भदौ १७ गते बसेको सचिव स्तरीय निर्णयबाट डा.बन्जाडेलाई कोशी अस्पताल विराटनगर सरुवा गरिएको हो ।
यस अघि पनि कोशी अस्पताल विराटनगर काज सरुवा भएका डा. वन्जाडेले आफ्नो पहुंचका आधारमा दौडधुप गरी कोशी अस्पतालबाट काज फिर्ता गराई लुम्विनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा फिर्ता सरुवा गराएका थिए ।
यस पटक भने संघीय स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालमै पदस्थापना हुने गरी उनको सरुवा गरेको हो । यो सरुवा भए संगै अब डा. बन्जाडे कोशी अस्पताल हाजिर भई कामकाज गर्नु पर्ने हुन्छ ।
जिल्लामा वर्षौ सम्म कपिलवस्तु अस्पतालमा कार्यरत डा.वन्जाडे विभिन्न विवादहरुमा तानिएका छन् । कपिलवस्तु अस्पतालमै धेरै वर्ष मेसु हुदै आएका उनले पटक पटक कपिलवस्तु अस्पतालमै सरुवा फिर्ता गराई बस्न खोज्नुले कपिलवस्तु अस्पतालमा के त्यस्तो आकर्षण छ ? भन्ने मा स्थानीयको चर्चा छ ।
यस अघि गुल्मीबाट कपिलवस्तु जिल्ला अस्पतालमा डा. बन्जाडे सरुवा भई हाजिर भएको दिन अस्पतालमै ३२ राउण्ड ठुलो आवाजको पडका पड्काएर स्वागत गरिएको थियो । यो घटनाले कपिलवस्तु अस्पतालको स्वास्थ्य संवेदनशीलतामा ठुलो प्रश्न चिन्ह खडा गरेको थियो । अस्पतालमा भएको पटाका काण्डबाट डा. बन्जाडे आम सर्वसाधरणमा निकै आलोचित बनेका थिए ।
हेर्नुहाेस् सरूवाकाे पत्रः

















































