Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सकियो ९ बुँदे घोषणापत्र जारी गर्दै लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

Author Avatar साझा न्यूज 6th September 2024 , 2:04 PM
सकियो ९ बुँदे घोषणापत्र जारी गर्दै लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजना तथा एशिया प्रशान्त मञ्च (एपीएफ) को सहकार्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरणसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हिजाे सम्पन्न भएको छ । यही भदौ १८ गतेदेखि शुरू भएको सम्मेलनले लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रियस्तरमा जारी घोषणापत्रहरूको कार्यान्वयनमा जोड दिँदै नौ बुँदे काठमाण्डाै घोषणापत्र जारी गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

सम्मेलनमा अस्ट्रेलिया, बङ्गलादेश, फिजी, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, नेपाल, ओमान, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कतार, सामोआ, थाइल्यान्ड, टिमोर लेस्टसहित एशिया प्रशान्त क्षेत्रका १९ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ती देशका राष्ट्रिय मानव अधिकार संस्थाका प्रमुख तथा प्रतिनिधि एवम् नेपालका नागरिक समाज, सरकारी निकाय, अधिकारकर्मी, सञ्चारकर्मी लगायत एक सय ५० प्रतिनिधि र अन्य गरेर चार सय जनाको उपस्थिति थियो ।

सम्मेलनमा चार वटा देशका मानव अधिकारसम्बन्धी संस्थाका अध्यक्षसहित ३८ जना विदेशी प्रतिनिधि सहभागी थिए । सम्मेलनमा विभिन्न विषयका सात वटा विषयगत सत्र सञ्चालन भएको थियो ।

पहिलो दिन सन् १९९३ को पेरिस सिद्धान्तले निर्देश गरेको महिला सहभागितासम्बन्धी ‘नीति र कार्यान्यवनमा बहुलबाद’ सन् २०१२ मा जोर्डनको अम्मानमा भएको सम्मेलनको निष्कर्ष कार्यान्वयनको समीक्षा र राष्ट्रिय मानव अधिकार संस्थाभित्र लैङ्गिक मूल प्रवाहिकरणको अवस्थाका विषयमा छलफल भएको थियो । दोस्रो दिन ‘कानून तथा नीतिमा लैङ्गिक दृष्टिकोण’ मानव अधिकार संस्थाहरूले नागरिकसँग गर्ने कामलाई कसरी सक्षम बनाउने र अन्तरछेदन प्रवर्द्धनमा एशिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाको भूमिकाका विषयमा छलफल भएको थियो । तेस्रो दिन जलवायु परिवर्तन र लैङ्गिक न्यायसम्बन्धी छलफल भएको थियो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र समापन उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज